arrow

'इरान सम्झौता अझै सकिएको छैन'

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
emmanuel_macron.jpg

एजेन्सी ।  फ्रान्सका विदेशमन्त्री जिन युभेस ड्रायनले इरानको न्युक्लियर सम्झौता अझै समाप्त नभइसकेको बताएका छन् । अमेरिकाले यो सम्झौताबाट बाहिरिने निर्णय गरिसकेको भए पनि यो सम्झौता समाप्त नभएको उनले बताएका हुन् ।
 
सन् २०१५ मा संयुक्त राष्ट्रसंघ अमेरिका र ईयूले इरानसँग सम्झौता गरी उसमाथिको प्रतिबन्ध हटाएका थिए  । ट्रम्पले यसअघि पनि इरान सम्झौता अमेरिकाको लागि घातक रहेको बताउँदै आएका थिए । यो सम्झौता अमेरिकाको लागि घातक रहेको भन्दै ट्रम्पले इरानमाथि प्रतिबन्धको पनि निर्णय गरेका थिए ।

अमेरिकाबाहेकका अन्य मुलुकहरुले भने यो सम्झौतामा प्रतिबद्ध रहनुपर्ने बताएका छन् । अन्य पक्षका साथै इरानले पनि यो सम्झौतामा आगामी दिनमा पनि प्रतिबद्ध रहने बताएको छ । यद्यपि उसले आफ्नो युरेनियमको कार्यक्रम जारी गर्नसक्ने बताएको छ । इरानले यस विषयमा युरोपियन मुलुकहरु, चीन र रसियासँग आगामी साता वार्ताको लागि आफ्ना निकायहरुलाई निर्देशन दिइसकेको बताएका छन् ।

यदि अन्य मुलुकहरुसँग यस विषयमा सहकार्य गरेर अघि बढ्न सकियो भने त्यो समग्र विश्वको लागि राम्रो हुने इरानले बताएको छ । अमेरिकाको यस किसिमको निर्णयसँगै इरानको संसदमा अमेरिकाको विरुद्धमा आक्रोश व्यक्त गरिएको छ । अधिकारीहरुले यो सम्झौताबाट अहिले केवल अमेरिका बाहिरिएको र यस विषयमा कुरा गर्नको लागि फ्रान्स, बेलायत, जर्मनी र इरानको बीचमा वार्ता हुने भएको छ ।

रसियाले पनि यो सम्झौताबाट अमेरिका बाहिरिनु निकै निराशाजनक रहेको बताएको छ । चीनले पनि यसमा आफ्नो खेद प्रकट गरेको छ । यद्यपि अमेरिकाको यो निर्णयको प्रमुख धार्मिक प्रतिद्वन्द्वीहरु, साउदी अरेयिबा र इजरायलले भने खुसी व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघले पनि इरान सम्झौता बचाउनका लागि अन्य सदस्य राष्ट्रहरुलाई आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ