महेन्द्रनगर। नेपाली काँग्रेसको १३ औं महाधिवेशन अन्तर्गत कञ्चनपुरमा सम्पन्न ४ नम्बर निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमितिका पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। राती अबेर प्राप्त मत परियााममा नेता रमेश लेखकले प्रत्यक्ष निर्वाचन जितेको ४ नम्बर निर्वाचन क्षेत्रका पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन्। काँग्रेसका अर्का नेता एनपी साउँदको निर्वाचन क्षेत्रमा भने उम्मेदवारबिच कडा प्रतिस्पर्धा भएको छ।
कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको अधिवेशनबाट सभापतिमा गोपीप्रसाद उपाध्याय निर्वाचित भएका छन्। संस्थापन पक्षका दिवानसिंह विष्ट प्रत्यक्ष सांसद रहेको १ नम्बर निर्वाचन क्षेत्रमा संस्थापनकै उपाध्याय सभापति निर्वाचित भएका हुन्। अधिवेशनमा गोपीप्रसाद उपाध्यायले १ सय ११ मत र निकटतम प्रतिद्वन्द्वी अमरजंग साउँदले ५४ मत पाएका छन्। सचिवमा विश्राम राना निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा महेशराज जोशी ९६ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी वसन्ती कार्कीले ५५ मत पाएका क्षेत्रीय निर्वाचन अधिकृत मानबहादुर तामाङले बताए । उनका अनुसार क्षेत्रीय कार्यसमिति सदस्यमा कमानसिंह विष्ट (७७), चेतन राय (९६), जोगीरी कामी (६७), तारा गिरी (८७), देवेन्द्र खड्का (८७), नरबहादुर ठगुन्ना (९०), परमल ठगुन्ना (९४), भागीरथी शाही (७५) र लोकबहादुर राय (७७) विजयी भएका छन् ।
महाधिवेशन प्रतिनिधि खुलातर्फ दिवानसिंह विष्ट (१०५), चन्द्रबहादुर सिंह (१००), हरेन्द्रसिंह विष्ट (८६), भीमबहादुर थापा (७३), भरतबहादुर विष्ट (७१) र बिन्दु श्रेष्ठ (७०) विजयी भएका छन्। १ नम्बर निर्वाचन क्षेत्रबाट महासमिति सदस्यमा दिवानसिंह विष्ट, चन्द्रबहादुर सिंह, भरतबहादुर विष्ट, लालबहादुर रावत र कृष्णा गिरी निर्वाचित भएका छन्।
कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रमा सभापति पदमा कडा प्रतिस्पर्धा भएको छ। एनपी सावद प्रत्यक्ष निर्वाचित २ नम्बर क्षेत्रमा एनपी निकट मानिएका चिन्तामणि भट्ट सभापतिमा ५ मतले विजयी भएका छन्। सभापति पदमा चिन्तामणि भट्टले ७६ मत र सिद्धराज भट्टले ७१ मत पाएका क्षेत्रीय निर्वाचन अधिकृत गणेशबहादुर चन्दले बताए। क्षेत्रीय सचिवमा झंकरबहादुर खड्का (७३) विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी भीमसेन रानाले ६७ मत पाएका छन्। कोषाध्यक्षमा गणेशबहादुर विष्ट निर्विरोध निर्वाचित भएका थिए। कार्यसमिति सदस्यमा पदमसिंह साउँद, रतनलाल राना, विरबहादुर चन्द, तेजबहादुर रावल, सुदर्शन ऐर, टिकेश्वरी खड्का, प्रेमबहादुर थापा, शिवहरि खतिवडा र तारादत्त पनेरु निर्विरोध निर्वाचित भएका छन्।
देउवा पक्ष मानिने एनपी सावदको निर्वाचन क्षेत्रमा संस्थापन पक्ष मानिने गोपालसिंह गुरुङले महाधिवेशन प्रतिनिधिमा सर्वाधिक ९८ मत पाएका छन् । २ नम्बर क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा हेमराज ओझा (९२), लालबहादुर सिंह (७५), देवराज पाठक (७४), दुर्गाप्रसाद भट्ट (६२) र नवराज जोशी (५०) विजयी भएका छन् । ६ जना मात्रै निर्वाचित हुने खुलातर्फको महाधिवेशन प्रतिनिधिमा २ नम्बर निर्वाचन क्षेत्रमा १६ जनाले उम्मेदवारी दिएका थिए । महाधिवेशन प्रतिनिधिमा तनुराज पन्त, तपराज जोशी, तेजबहादुर रावल, दीर्घसिंह ठकुरी, दिपक तामाङ, दिलबहादुर ऐर, पुष्पराज ओझा, प्रेमबहादुर बलायर, भुवनेश्वर पन्त र सुकबहादुर तामाङ पराजित भएका छन् । महाधिवेशन प्रतिनिधिमा महिलातर्फ कल्पना पन्त (६७) र पार्वती महता (७९), दलिततर्फ शेरबहादुर विश्वकर्मा (४९), जनजातितर्फ झेली राना (४९) र अपाङ्गतर्फ विष्णुराज भट्ट (५१) विजयी भएका छन् । महिलातर्फ भुवनेश्वरी जोशी, दलिततर्फ धनश्याम विश्वकर्मा, चन्द्रभान विश्वकर्मा, जोगीसिंह सोव, धनी टमटा र बहादुर दमाई, जनजातितर्फ बाहेदा राना, वासुदेव राना, श्यामलाल राना, सिता राना र हवल्दार चौधरी तथा अपाङ्गतर्फ इन्द्रबहादुर देउवा, तेजबहादुर सुनार र धिरेन्द्रप्रसाद भट्ट पराजित भएका छन् ।
कञ्चनपुरको ३ नम्बर निर्वाचन क्षेत्रमा सभापति पदमा ५ जनाले उम्मेदवारी दिएकोमा दलबहादुर बोहरा (४३) विजयी भएका छन् । बोहरा ३ नम्बर क्षेत्रका निवर्तमान सभापति समेत हुन् । क्षेत्रीय सभापति पदमा तुलाराम साहु (२९), सुरेन्द्रबहादुर विष्ट (२३), नवलसिंह देउवा (१०) र होमबहादुर कुँवर (४) पराजित भएका छन् । क्षेत्रीय सचिवमा करनसिंह ऐर निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत लालमणि पाण्डेयले बताए । कोषाध्यक्षमा देवकी भट्ट जोशी ४६ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कमलसिंह जोराले ४५ मत पाएका छन् । क्षेत्रीय कार्यसमिति सदस्यमा शिवा राना (८६), देवराज भट्ट (८६), कल्पना गिरी (८३), जनकराज जोशी (८१), जयन्ती पन्त (७८), गणेश बोहरा (७६), थानेश्वर भट्ट (७४), डम्मरा मल्ल (७३) र नरेन्द्रबहादुर बोहरा (७१) विजयी भएका छन् । सदस्यका उम्मेदवार पदम विष्ट (६५), भवानीसिंह भाट (६०), रामबहादुर धानुक (५८) र दशरथ भट्ट (६५) पराजित भएका छन् ।
३ नम्बर क्षेत्रको महाधिवेशन प्रतिनिधि खुलातर्फ बहादुरसिंह थापा (९४), हरिप्रसाद बोहरा (७६), बलदेव बोहरा (७५), पदम बोगटी (६२), भोजराज बोहरा (५७) र नरेन्द्रसिंह भण्डारी (४८) विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिका उम्मेदवार पूर्वजिल्ला सभापति अन्तराम भट्ट (४३), खेमराज ऐरी (१४), गोपालसिंह भण्डारी (३७), गौरीसिंह बोहरा (३४), पुष्पराज भट्ट (२३), रगबहादुर पातली (१७), रामसिंह पुजारा (२३), शिवराज पाण्डेय (१६) र सुरेन्द्रबहादुर देउवा (४६) पराजित भएका छन् । महाधिवेशन प्रतिनिधि दलितर्फ हरिहर परियार (५५) विजयी भएका छन् । जनजातितर्फ लालबहादुर राना (३३) विजयी भएका छन् । अपाङ्गतर्फ उपेन्द्रबहादुर खडायत (४०) विजयी भएका छन् । महिलातर्फ शारदा चन्द (४०) र कल्पना केसी (२९) विजयी भएका छन् । अन्य २ उम्मेदवार अनिता मडै र प्रभा भट्टको पनि २९÷२९ मत आएको भएपनि जेष्ठताका आधारमा मडै र भट्टले केसीलाई महाधिवेशन प्रतिनिधिमा मञ्जुरी दिएपछि कल्पना केसीलाई निर्वाचित गरिएको क्षेत्रीय निर्वाचन अधिकृत लालमणि पाण्डेयले बताएका छन् ।
महाधिवेशन प्रतिनिधि खुलातर्फ ज्यूलाल चौधरी (६९), टीकाराम पन्त (६४), तोयप्रसाद शर्मा (६२), नन्दविर बुढा (६०), लवबहादुर शाही (६८) र शेरसिंह टेर (६१) पराजित भएका छन् ।महाधिवेशन प्रतिनिधि महिलातर्फ कृष्णा गिरी (९३), पार्वती थापा (७०) विजयी भएका छन् । महिलातर्फका उम्मेदवार राधिका कोइराला (६२) र सुचित्रा काफ्ले (५९) पराजित भएका छन् । दलिततर्फ चन्द्रसिंह विक ८३ मत ल्याएर विजयी भएका छन् भने धर्मसिंह रावल ७१ मत ल्याएर पराजित भएका छन् । आदिवासी जनजातितर्फ बन्धु राना ७८ मत ल्याएर विजयी भएका छन् भने तुलाराम राना ६७ मत ल्याएर पराजित भएका छन् । मधेशी र अपाङ्गतर्फ लोकबहादुर रावत ८० मत ल्याएर विजयी भएका छन् । निकतटम प्रतिद्वन्द्वी हरिनारायण मुराउ (५८) र नवराज जोशी (१४) मत ल्याएर पराजित भएका छन् ।
कञ्चनपुर ४ नम्बर निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनबाट गोपालदत्त भट्ट सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रीय सचिवमा प्रकाशदत्त जोशी र कोषाध्यक्षमा सुशिल चन्द निर्विरोध निर्वाचित भएका क्षेत्रीय निर्वाचन अधिकृत ललितसिंह साउँदले बताए । उनका अनुसार महाधिवेशन प्रतिनिधिमा दलिततर्फ रमेश दयाल, जनजातितर्फ बेलबहादुर राना र अपाङ्गतर्फ दिवाकर पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा महिलातर्फ मधु भारती (७९) र सुनिता भाट (६१) विजयी भएका छन् । महिलातर्फका तेस्रो उम्मेदवार माया भट्ट ३१ मत ल्याएर पराजित भएकी छन् । खुलातर्फ महाधिवेशन प्रतिनिधिमा रमेश लेखकले सर्वाधिक १ सय ५ मत ल्याएका छन् । विरबहादुर सुनार (८६), यज्ञराज जोशी (७४), खगेश्वर बोहरा (६५), कृष्णदत्त पनेरु (४५) र दुर्गाप्रसाद जोशी (३४) महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । धनबहादुर शाही, पिताम्बर भट्ट र विष्णुदत्त भट्ट बराबर ३३ मत ल्याएर पराजित भएका छन् । यज्ञराज चटौत (३१) र तारणीदत्त चटौत (३०) महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । चटौत समानुपातिक सांसद, पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य समेत हुन् । महाधिवेशन प्रतिनिधिमा धर्मानन्द भट्ट (२४) र बमबहादुर रेग्मी (१८) पराजित भएका छन् । ४ नम्बर निर्वाचन क्षेत्रको कार्यसमिति सदस्यमा अमरबहादुर बम (८५), खगेश्वरी बोगटी (९२), जगबहादुर बोहरा (८४), नरबहादुर साउँद (८९), विनोद खड्का (८९), महेश चन्द (९६), रघुनाथ जोशी (७८), रतनबहादुर धानुक (८८) र सरस्वती जोशी (९२) निर्वाचित भएका छन् । सदस्यमा ६५ मत ल्याएका प्रताप नाथ पराजित भएका छन् । क्षेत्रीय अधिवेशनमा १ सय १८ मत खसेकोमा ३ मत बदर भएका थिए ।
कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रका निर्वाचित क्षेञीय सभापति र महाधिवेशन प्रतिनिधिहरु
१ नम्बर निर्वाचन क्षेत्र
गोपीप्रसाद उपाध्याय (सभापति, १११)
दिवानसिंह विष्ट (१०५)
चन्द्रबहादुर सिंह (१००)
हरेन्द्रसिंह विष्ट (८६)
भीमबहादुर थापा (७३)
भरतबहादुर विष्ट (७१)
बिन्दु श्रेष्ठ (७०)
कृष्णा गिरी (९३)
पार्वती थापा (७०)
चन्द्रसिंह विक (८३)
बन्धु राना (७८)
लोकबहादुर रावत (८०)
२ नम्बर निर्वाचन क्षेत्र
चिन्तामणि भट्टले (सभापति, ७६)
गोपालसिंह गुरुङ (९८)
हेमराज ओझा (९२)
लालबहादुर सिंह (७५)
देवराज पाठक (७४)
दुर्गाप्रसाद भट्ट (६२)
नवराज जोशी (५०)
कल्पना पन्त (६७)
पार्वती महता (७९)
शेरबहादुर विश्वकर्मा (४९)
झेली राना (४९)
विष्णुराज भट्ट (५१)
३ नम्बर निर्वाचन क्षेत्र
दलबहादुर बोहरा (सभापति, ४३)
बहादुरसिंह थापा (९४),
हरिप्रसाद बोहरा (७६),
बलदेव बोहरा (७५),
पदम बोगटी (६२),
भोजराज बोहरा (५७)
नरेन्द्रसिंह भण्डारी (४८)
हरिहर परियार (५५)
लालबहादुर राना (३३)
उपेन्द्रबहादुर खडायत (४०)
शारदा चन्द (४०)
कल्पना केसी (२९)
४ नम्बर निर्वाचन क्षेत्र
गोपालदत्त भट्ट (सभापति, निर्विरोध)
रमेश लेखक (१०५)
विरबहादुर सुनार (८६)
यज्ञराज जोशी (७४)
खगेश्वर बोहरा (६५)
कृष्णदत्त पनेरु (४५)
दुर्गाप्रसाद जोशी (३४)
मधु भारती (७९)
सुनिता भाट (६१)
रमेश दयाल (निर्विरोध)
बेलबहादुर राना (निर्विरोध)
दिवाकर पाण्डेय (निर्विरोध)