arrow

विराटनगरमा ब्रेन ट्युमरको सफल शल्यक्रिया

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
brain-tumor.jpg.jpeg
पथरी (मोरङ) । विराटनगरको गोल्डेन अस्पतालले पहिलो पटक ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको छ । धनकुटा फलाटे–४ का ६८ वर्षीय मानबहादुर याख्खाको टाउकामा पलाएको (एैजेरु) ट्युमरको अस्पतालका न्यूरो सर्जन डा सुदन ढकालले शल्यक्रिया गरेका हुन्  । साउन महिनादेखि टाउको दुख्ने, बोलेको ठेगान नहुने र बेहोस हुने समस्या देखिएपछि याख्खा गोल्डेन अस्पतालमा उपचारका लागि आउनु भएको थियो । 
 
अस्पतालका सञ्चालक सनतन मण्डलले शल्यक्रियापछि बिमारीको अवस्था ठिक रहेको जानकारी दिए  । विराटनगरमा ट्युमरको सफल शल्यक्रिया भएपछि उपचारका लागि काठमाडौँ धाउनुपर्ने झन्झटबाट पूर्वाञ्चलबासी मुक्त भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ