arrow

बिकास र समृद्घिको यात्रा सुरु : शभामुख थापा

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
speaker-province7.jpg

बझाङ, (चैनपुर)। प्रदेश नम्बर सातका शभामुख अर्जुन थापाले सबै तहको निर्बाचन समाप्त भई देशमा बिकास र समृद्घि यात्रा सुरु भएको बताउनु भएको छ। बझाङ सदरमुकाम चैनपुरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको सम्मान कार्यक्रममा बोल्दै शभामुख थापाले तिनै तहका सरकारहरुले बिकासको गतीलाई तिब्ररुपमा अगाडी बढाई बिकास र समृद्घिको यात्रामा देश अगाडी बढेको बताउनु भएको हो। 

बझाङ (क) क्षेत्र बाट नेकपा एमाले बाट बिजयी भई प्रदेश सरकारको शभामुख समेत बनेका थापा ले हिजोका दिनमा सिंहदरवारको भएको सेवा सुविधा जनताको घर आगनमा आई पुगेकाले आफ्नो गाँउ ठाँउको बिकासका लागी सबै राजनितीक दल, नगरिक समाज, पत्रकार र जनप्रतिनिधीहरुले एकबद्घ भएर बिकास र समृद्घिका लागी लाग्नु पर्ने बताए।

शभामुख थापाले केन्दिय सरकार र स्थानिय सरकारको हामीले अनुभूती गरेको भएपनि प्रदेश सरकार नितान्त नयाँ भएकाले नयाँ अनुभूती र नयाँ अनुभव समेत संगालेर पहिलो पटक बजेट ल्याउने तयारी भएको बताउदै पहिलो बजेट आएर कार्यान्वयनमा गए पछि मात्र यस सरकारले कस्तो काम गर्यो भन्ने लेखा जोखा हुने धारण राखे। प्रदेश सरकारले बिचमा पुरक बजेट ल्याएको भएपनि दुई तिन महिनाको अबधीमा बिकास निर्माणका कामहरु प्नि नबन्ने र प्रदेश सरकारको सुरुवात मै बजेट सही ढगंले कार्यान्वयन नहुने  अनि गलत परम्परा बस्ने देखे पछि बजेट अध्यायन अनुसन्धानमा बिनियोजन गरेको समेत उने बताए। 

प्रदेश सरकारले असारमा आउने बजेटमा साना तिना टुक्रे योजना नबाएर दिगो भरपर्दो र ठूला योजना बनाउने तयारी भएको छ शभामुख थापाले भने स्थानीय तहको बजेटमा बृद्घी गरि साना तिना योजना स्थानीयतहहरुबाट सुरु गर्नु पर्ने बताए।

उनले भने बिकास गर्ने हो देशले बिकासको गती लिनु पर्ने बताउदै ठूलाखालका मेघा प्रोजेक्टहरु केन्द्र सरकारले गर्नु पर्ने मझौला खालका योजना प्रदेश सरकारले गर्नु पर्ने र साना खालका योजनाहरु स्थानीय सरकारले गर्नु पर्ने धारणा राखे। उनले सबै बिकास र समृद्घिका लागी तिनै तहका सरकारहरु बिच आपसी समन्वय हुनु पर्ने कुरामा जोड दिए। 

शभामुख बनेपछि पहिलो पटक आफ्नो निर्बाचन क्षेत्र पुगेका शभामुख थापाले बझाङको बिकासका लागी सबै स्थानिय तह हरुले सबै क्षेत्रमा बिकासको गुरुयोजना तयार गरि त्यसै गुरुयोजनाको पेरिफेरीमा रहेर योजना बनाउनु पर्ने सुझाव समेत दिए। उनले झण्डै तिन दशक देखि निर्माण हुने भनिएको पश्चिम सेती परियोजना सञ्चालन गर्न अब प्रदेश सरकारले पहल गर्ने बताए। साथै उनले अपर सेती बनाउन पनि प्रदेश सरकारले पहल गर्ने बताउदै ३३ केभी केन्दिय प्रसारण लाईन बझाङ जिल्लाका सबै स्थानिय तहमा बिस्तार गर्नका लागी  प्रदेश सरकारले आबस्यक बजेट बिनियोजन गर्ने समेत उनले बताए।

साथै दिन प्रतिदिन बढ्दै गएको यूवा बेरोजगारी लाई स्वरोजगार बनाउन कुनै गाँउपालिकाले एक सय जना यूवालाई निरन्तर रोजगारी दिने खालको योजना लयाए त्यसमा प्रदेश सरकारले प्रयाप्त बजेट बिनियोजन गर्ने बताए। यस क्षेत्रमा साना घरेलु तथा मझौला खालको उद्योग हरु सञ्चालन गर्न तथा जिल्लामा रहेका पर्यटकिय सम्भावना गती यसबाट हुने आर्थिक गतीबिधीका बारेमा अनुसन्धान तथा अन्वेशण गर्न प्रदेश सरकारले पहल गर्ने बताए।

देश अब उन्नती र प्रगतीको पथमा लम्किन सुरु गरेको बताउदै प्रदेश सरकारलाई आबस्यक रचनात्मक  सुझाव दिन सबै पक्ष संग आग्रह समेत गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ