arrow

तेस्रो प्रयासमा मात्र मोदी जनकपुरमाः सरकारको कमजोर मानसिकताको उपज –राजेश्वर नेपाली

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
rajeshwar-nepali.jpg

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो प्रयासमा जनकपुर आउँदैछन् । यसअघि २०७० र २०७१ सालमा मोदी जनकपुरधाम आउन खोजेका थिए । तत्कालीन सरकारले नै मोदीलाई जनकपुर आउन नदिएको विष्लेषण वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक राजेश्वर नेपालीको छ । 

उनी भन्छन्, ‘सरकारको मानसिकता कहिल्यै पनि ठीक भएन, ठीक भएको भए मोदी पहिल्यै जनकपुर आइसक्थे । सरकार नै चाहँदैन कि मधेसको विकास होस् । मधेस र भारतको सम्बन्ध राम्रो होस् ।’

नेपाल आएका हरेक भारतीय राष्ट्र प्रमुखहरु जनकपुर पुगेको स्मरण गर्दै नेपालीले अहिलेसम्म थुप्रै भारतीय कार्यकारीहरु आए पनि मोदीलाई आउन कठिन बनाउनु सिंहदरबारको त्रास नै भएको बताउँछन् । 

उनले भने, ‘हितैषीहरुसंग परस्पर सम्बन्ध राख्न खोज्नेसंग सम्बन्ध तोड्नु नै सरकारको खराव नियत हो, केन्द्र सरकार पुरानै मानसिकताबाट बदलिएको छैन, प्रदेश सरकारलाई अधिकार नदिनु र बजेटको समेत व्यवस्था नगर्नुले स्पष्ट पार्छ केपी शर्मा ओली नेतृत्वको सरकार कति तानाशाही छ ।’

उनले ०७१ सालको मंसिर १० गते काठमाडौंमा सार्क सम्मेलन हुँदै गर्दा ९ गते मोदी जनकपुर आउने निश्चित भए पनि पछि आएर सरकारले सुरक्षा दिन नसकिने बहाना बनाएर आउन नदिएको आरोप पनि लगाए । 

यसरी बढ्छन् धार्मिक पर्यटक

मोदीको जनकपुर आगमनले धार्मिक पर्यटक ह्वात्तै बढ्ने नेपालीको विश्वास छ । उनले रामायण सर्किट विस्तार परियोजना (जनकपुर–काशी सीधा बस सेवा) को शुभारम्भ भएपछि कम्तीमा पनि भारतीय हिन्दूहरु एक अर्वमध्ये एक प्रतिशत मात्र पनि जनकपुर आए पुग्ने बताए । उनले वार्षिक एक करोड भारतीय हिन्दूधर्मी जनकपुर आउने दावीसमेत गरेका छन् । 

अहिले सरदर १५ लाख भारतीय जनकपुर आउने गरेका छन् । त्यो संख्यामा वृद्धि भएर काठमाडौंको पशुपतिनाथसम्म आउने वातावरण बन्ने हो भने धार्मिक पर्यटन बढ्ने उनको विश्वास छ । 

मोदीको आगमनले त्यो तरंग ल्याउने जनकपुरवासीको विश्वास पनि छ । जनकपुरवासी प्रदेश २ को सिंगो विकास हुनेमा पनि विश्वस्त छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ