arrow

रंगभूमिमा रातिदेखि नै लाइन 

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
janaki-mandir.jpg

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न नागरिक अभिनन्दनस्थल जनकपुरको बाह्रबिघा रंगभूमिमा बिहिबार रातिदेखि नै सर्वसाधारण भेला भएका छन् । शुक्रबार बिहान उज्यालो हुँदासम्म त हजारौंको संख्यामा सर्वसाधारण आएका छन् । 

नागरिक अभिनन्दनका लागि २ नम्बर प्रदेश मात्र नभइ प्रदेश १, ३, ४ र ५ बाटसमेत सर्वसाधारण जनकपुर पुगेका छन् । 
प्रदेश २ का पर्यटन मन्त्री रामनरेश राय यादव का अनुसार यो नागरिक अभिनन्दनको कार्यक्रम दिउँसो १ वा २ बजेतिर हुन सकेको भए अझ बढी संख्यामा भेला हुने सम्भावना थियो । 

रंगभूमिमा भारतीय नागरिक पनि 
जनकपुर उपमहानगरपालिकाले यो नागरिक अभिनन्दन गर्दैछ । यो अभिनन्दनका लागि नेपालीमात्र हैन भारतीय पनि आउँछन् । जनकपुरबाट नजिकका भारतीय जिल्लाहरुबाट भारतीयहरु आउने जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले बताएका छन् । 

एकलाख भन्दा बढीको संख्यामा नागरिक अभिनन्दनमा सहभागी जनाउने दाबी गर्दै शाहले भने, ‘भारतबाट जनकपुर नजिक छ सीतामढी, दरभंगा, जयनगर लगायतबाट भारतीय नागरिक आउँदैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ