arrow

वागमती सफाइमा सत्र मेट्रिक टन फोहर व्यवस्थापन

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
bagmati-01.jpg.jpeg
काठमाडौँ । वागमती सफाइको १४३ औँ हप्तामा आज बानेश्वर क्याम्पसदेखि मीनभवन पुलसम्मको क्षेत्रमा सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । आजको सफाइमा जागृतिनगरस्थित सुकुम्वासी टोलवासी समिति गठन गरेर ब्यानरसहित सहभागी भएका थिए । सफाइमा सुकुम्वासी बस्तीका बालबच्चा समेत सहभागी भएको अभियन्ता एवम् नेपाल विज्ञापन सङ्घका महासचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो । 
 
सफाइपछि यस क्षेत्रको पानी परीक्षण गर्दा पहिलेको भन्दा गुणस्तर सुध्रिएको प्रतिवेदन प्राप्त भएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेश सिंहले बताउनुभयो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयवासी र अभियन्ताको उपस्थिति थियो ।
 
मुख्य सचिव डा सोमलाल सुवेदी, पूर्व मुख्यसचिव लीलामणि पौडेल, नेपाल विज्ञापन सङ्घका अध्यक्ष सन्तोष श्रेष्ठ, सिस्नुपानी नेपालका महासचिव टङ्कमणि आचार्य, गायत्री परिवारका डा राजु अधिकारी, एस ट्राभल्सका अर्जुन धरेल, अधिकार सम्पन्न वागमती आयोजनाका सञ्चालक सदस्य नारायण श्रेष्ठ, गोकुल थापा र सुष्मा शर्मालगायतको सफाइमा सक्रिय सहभागिता थियो । अर्को हप्ताको सफाइ मीनभवन पुलमुनिको वागमती क्षेत्रमा गरिने सो अवसरमा जानकारी गराइएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ