arrow

वैदेशिक रोजगार बोर्डले दस हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
baidhesik.jpg.jpeg
काठमाडौँ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने भएको छ । गन्तब्य मुलुकहरुमा अदक्ष जनशक्ति रोजगारीका लागि गएर विभिन्न खाले समस्यामा परेपछि बोर्डले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो । वार्षिक रुपमा तीन हजार युवालाई तालिम दिँदै आएको बोर्डले यो वर्ष १० देखि १२ हजारसम्मलाई विभिन्न विधामा सीममूलक तालिम दिन लागेको छ ।
 
गन्तब्य मुलुकहरुको आवश्यकता अनुसारको वैदेशिक रोजगारीमा जानेलाई तालिम दिन लागिएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी बोर्डले १६० घण्टे आवासीय तालिम दिन लागेको हो । इलेक्ट्रिसियन, प्लम्बर, हाउसकिपिङ, वाइरिङ, कुक, सुरक्षागार्ड लगायतका विधामा तालिम दिइनेछ । त्यस्तो तालिम सम्बन्धित जिल्लाहरुमा गएर दिइने छ । तालिम प्रदायक संस्थाहरुको छनौटको काम सकिएको र चाँडै सञ्चालन गरिने बोर्डले जनाएको छ । 
 
बोर्डका अनुसार पूर्वाञ्चलमा दुई हजार ३००, मध्यमाञ्चलमा तीन हजार, पश्चिमाञ्चलमा दुई हजार, मध्यपश्चिमाञ्चलमा एक हजार ४०० र सुदूरपश्चिमाञ्चलमा एक हजार ३०० लाई तालिम दिइने छ ।उद्यमशिलता विकास गर्ने र उनीहरुलाई स्वदेशमै आकर्षित गर्ने उद्देश्यले यस्तो किसिमको तालिम सञ्चालन गर्न लागिएको बोर्डका सहायक निर्देशक दीपेन्द्र पौडेलले बताउनुभयो । बोर्डले सीपमूलक तालिमका लागि वार्षिक बजेट अनुरुप रु १५ करोड विनियोजन गरेको छ । तालिमका लागि सामी हेल्भटास संस्थाले रु १० करोड सहयोग गरेको सहायक निर्देशक पौडेलले जानकारी दिनुभयो । 
 
सामान्यतयाः नेपाली कामदारले बिना तालिम वैदेशिक रोजगारीमा जादाँ सम्बन्धित देशको रु ८०० पाउछन् भने तालिम पश्चात रु एक हजार ५०० को हाराहारीमा पाउने बताइन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ