arrow

‘नाकाबन्दी अन्त्यको औपचारिक घोषणा हुन मात्र बाँकी’

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
Ser-dhan-rai1.jpg.jpeg
काठमाडौँ । नेपाल सरकारका प्रवक्ता शेरधन राईले अघोषित नाकाबन्दी औपचारिक रुपमै चाँडै अन्त्य हुने बताउनुभएको छ । भोजपुरे सेवा समाज, काठमाडौँको आठौँ विशेष साधारणसभाको  आज उद्घाटन गर्दै उहाँले प्रमुख नाका वीरगन्जमा भएको अवरोध शुक्रबार हटेकोप्रति सङ्केत गर्दै भन्नुभयो,“औपचारिक रुपमा नाकाबन्दी हटेको घोषणा नभए पनि हिजो(शुक्रबार)देखि वीरगन्जको मुख्य नाका खुलेको छ, अब चाँडै नाका पूर्ण रुपमा खुलेको सन्देश आउँछ ।” 
 
प्रवक्ता राईले संविधान निर्माण जस्तो मुख्य काम पूरा भएर देश सामान्य अवस्थामा जाँदै स्थिर रहेकाले अब मुलुकले आर्थिक विकासको गति लिने बताउनुभयो । संविधानले सबै जाति, धर्म, क्षेत्र र समुदायका जनतालाई समान ढङ्गले सम्बोधन गरेको बताउँदै उहाँले भन्नुभयो, “संविधानले सबैलाई न्याय गर्ने प्रयास गरेको छ, कसैलाई अन्याय भएको महसुस भएमा संशोधन गर्ने ठाउँ छ ।” उहाँले संविधानप्रति असन्तुष्टि राख्नेलाई आग्रह गर्दै भन्नुभयो,“ पहिले संविधान अध्ययन गरौंँ, बुझ्ने कोसिस गराँैं, अरुलाई पनि बुझाउने प्रयास गरौँ, खाली संविधानको गलत व्याख्या गर्ने मात्र नगरौँ ।” 
 
सूचना तथा सञ्चारमन्त्री राईले आफ्नो गृह जिल्ला भोजपुरभर टेलिफोन सेवाको पहुँच पुर्‍याइने तथा जिल्ला सदरमुकाम लगायत केही मुख्य बजारलाई ‘वाइफाइ जोन’का रुपमा विकास गर्ने आफ्नो योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, समाजका अध्यक्ष पासाङदोर्जी शेर्पा, पूर्वअध्यक्ष कुलप्रसाद पराजुली र दयाकृष्ण न्यौपाने लगायतले भोजपुरको विकासका लागि सबै पेसा, क्षेत्र र समुदायका व्यक्ति तथा समुदाय एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । समाजको निर्वाचनले ६५ सदस्यीय परिषद् र २१ सदस्यीय कार्यसमितिको चयन गर्ने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ