arrow

संसदमा पत्रकार हकबारे चर्को आवाज, अनधिकृत भिडियो कसरी ?

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
sanghiya-samsad.png

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले पत्रकारहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समाचार संकलनका लागि रोक लगाइएको प्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसदहरुले नेपालमै नेपाली पत्रकारले रिपोर्टिङ किन गर्न नपाउने भन्दै सरकारको भनाइ माग गरेका छन् । 

भारतबाटै आएका पत्रकारहरुले अनधिकत स्थानमा समेत रिपोर्टिङ गर्दा सरकार कहाँ थियो भन्दै सरकारको आलोचनासमेत भएको छ । 

जानकी मन्दिर र मुक्तिनाथ मन्दिरमा तस्वीर खिच्नसमेत मनाही गरिएको स्थानमा कसरी मोदीको पूजाआजाको भारतीय संचारमाध्यमले कसरी भिडियो खिचे भन्दै सरकारको जवाफ मागिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ