arrow

भारतीयले जनकपुरबारे बोल्दा किन सरकार मौन ?

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
bhemsendaspradhan.JPG

काठमाडौं । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले भारतीय एक नेताले जनकपुर हाम्रो हो भनी दिएको अभिव्यक्तिलाई सरकारले प्रतिक्रिया नजनाएको भन्दै चर्को आलोचना गरेका छन् । 

संसद बैठकमा बोल्दै प्रधानले सरकार मौन बस्नुले धेरै कुराहरु लुकेको प्रतिक्रिया दिए । उनले भने, ‘नेपालबारे भारतले बोल्दा बीपी कोइरालाले प्रतिक्रिया जनाएको तर अहिलेको सरकार किन मौन ?’

उनले मोदीको भ्रमण नियमित भए पनि भारतले नाकाबन्दीबारे कुनै पनि प्रतिक्रिया नदिएकाले त्यो आपत्तिजनक भएको पनि बताए । 

सरकार गैरजिम्मेवार बन्दै गएको आरोपसमेत नेता प्रधानले लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ