arrow

परराष्ट्र मन्त्री ज्ञवालीले सांसदहरुलाई थम्थम्याए -असोज ३ सम्म कुर्नुस् 

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
pradip-gyawali.JPG

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले हिजोका उतारचढावलाई पार गर्दै यो सरकारले भारतसंग विश्वासको वातावरण बनाएको बताएका छन् । संसदको विशेष समयमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले सम्बन्ध मजबुद बन्दै गएको जानकारी दिए । 

उनले हिजोको सम्बन्ध वा भ्रमण दाताको भएको मानिँदै आए पनि आजको सम्बन्ध भने मित्रताको भएको पनि बताए । 

नेपालको संविधान दिवस असोज ३ मा नेपालले उठाएका सबै विषयलाई समाधान गर्ने भारतले प्रतिवद्धता व्यक्त गरेकाले त्यसलाई धैर्य गर्न समेत मन्त्री ज्ञवालीले सुझाव दिएका छन् । 

मिलेर काम गर्छौं भन्ने तर नेपालका आन्तरिक मामिला विदेशमा गएर सुनाउने काम आफूहरुले नगरेको समेत मन्त्री ज्ञवालीले भने । दुई देशकोबीचमा सम्झौताभन्दा बढी मित्रता आवश्यक भएको उनको भनाई छ । 

ज्ञवालीले रक्सौल काठमाडौं रेलमार्ग, जलमार्ग र कृषिको क्षेत्रमा महत्वपूर्ण साझेदारी नेपाल भारतबीच प्राथमिकतामा रहेको पनि मन्त्री ज्ञवालीले भने । 

भारतीय एक नेताको भनाई निन्दनिय भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै आपत्ति जनाएकाले यसमा थप दोहोर्याउन आवश्यक नभएको पनि जनाए । 

प्रदेश २ का मुख्यमन्त्रीले बोलको विषयबारे मन्त्री ज्ञवालीले त्यस्तो कुरा आउला भनेर नसोचेको बताए । संविधान कार्यान्वयनपछि पहिलो चोटी विदेशका कार्यकारीले प्रदेशबाट भ्रमण सुरु गरेकाले पनि गल्ती भएको हुन सक्ने भन्दै अबदेखि परराष्ट मन्त्रालय सजग रहने बताए । 

 

पत्रकारले मोदी भ्रमणमा पाएको दुःखबारे उनले नेपाली संचारमाध्यमलाई जानकारी नदिनु पर्ने कुनै कारण नभएको बताउँदै उनले कुनै कमी कमजोरी भएहोलान् वा कार्ड वितरणमा कुनै अप्ठेरो भए होला भन्दै टारे । 

भारतबाट सुरक्षामा सेना नेपाल आएको बारे उनले भने, नेपालबाट प्रमुख जाँदा पनि नेपाली सेना जाने गरेको र त्यो दुई देशको सहमतिमा हुने गरेको मन्त्री ज्ञवालीले प्रतिक्रिया दिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ