arrow

प्रधानसेनापति स्वदेश फिर्ता

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
Army-chief-Rajendra-Chhetri.jpg.jpeg
काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र भारतको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । प्रधानसेनापति क्षत्रीलार्ई बलाधीकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । 
 
मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षको निमन्त्रणामा प्रधानसेनापति क्षत्री यही माघ १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो । 
 
नयाँदिल्लीमा रहँदा प्रधानसेनापति क्षत्रीले भारतीय रक्षामन्त्री, गृहमन्त्री, स्थल सेनाध्यक्ष, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायतसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानसेनापतिलाई मानार्थ महारथी उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट दुवै देश र सेनाबीचको सौहार्दपूर्ण सम्बन्धले द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ योगदान पुर्‍याउँदै आएको नेपाली सेनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ