arrow

विद्युत सर्टभएपछि प्रदेशसभा बैठक १ घण्टा ढिलो शुरु

logo
प्रदिप आचार्य,
प्रकाशित २०७५ जेठ १ मंगलबार
pradesh-5_sava_hall1.JPG

बुटवल । प्रदेशसभा ५ को भवनमा विद्युत सर्ट भएपछी १ घण्टा ६ मिनेट ढिलो शुरु भएको छ । दिउँसो १ बजेका लागि बैठक आब्हान गरिएको थियो । बैठक बस्ने अन्तिम तयारी भैरहेका बेला सभामा जोडिएको विद्युत लाइन सर्ट भएपछि २ बजेमात्रै विद्युत बनेको थियो ।

सोमवार देखि सुरु भएको दोश्रो अधिबेशनमा आर्थिक मामिला तथा योजना मन्त्रिको समेत जिम्मेवारी सम्हालेका  मुख्यमन्त्रि शंकर पोखरेलले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

मंगलवारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सोमवार पेश भएको प्रस्तावमाथि छलफल हुने कार्यतालिका छ । छलफलमा सहभागि हुन ४७ प्रदेश सभा सदस्यले नाम टिपाएका छन ।

सोमवारदेखि सुरु भएको दोश्रो अधिबेशनमा आर्थिक मामिला तथा योजना मन्त्रिको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्रि शंकर पोखरेलले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव पेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ