arrow

स्वास्थ्यमा समस्या देखिएपछि उपराष्ट्रपति पुन अस्पताल भर्ना

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
उपराष्ट्रपति-पुन.jpg.jpeg
काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन स्वास्थ्यमा समस्या देखिएपछि नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भइका छन् ।
 
सिन्धुलीको एक कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जानुभएका उपराष्ट्रपति पुनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । एक्कासि मुटुको चाल बढेर अप्ठ्यारो भएपछि सेनाको हेलिकप्टरमा राखेर उपराष्ट्रपति पुनलाई राजधानी ल्याइएको हो ।
 
कार्यक्रमको उद्घाटन गरिरहनुभएका बेला मुटुमा समस्या देखिएपछि कामज्वरोसमेत आएको उपराष्ट्रपति पुनका छोरा दिपेश पुनले जानकारी दिए। अहिले उनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार जारी राखिएको बताइएको छ । चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ