arrow

पारिजात प्रतिभा पुरस्कारबाट साहित्यकार गहिरे सम्मानित

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ २ बुधबार
322672.jpg

पाल्पा ।पाल्पाली साहित्यकार तथा पत्रकार मन गहिरे पारिजात स्मृति प्रतिभा पुरस्कार २०७५बाट सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लुम्विनी अञ्चल समितिले सिद्धार्थ नगर भैरहवामा एक कार्यक्रमका विच गहिरेलाई सम्मान गरेको हो ।

पारिजात दिवसका अवसरमा हरेक वर्ष अनेसास लुम्विनी अञ्चल समितिले एक जना महिला श्रष्ठाहरुलाई सम्मान गर्दै आएको छ । समितिले नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको मूल्याङ्कन गर्दै गहिरेलाई नगद र प्रमाण पत्रले सम्मान गरेको हो । गहिरेले नेपाली साहित्य ,पत्रकारीता ,सामाजिक , शैक्षिक क्षेत्रमा अथक साधकका रुपमा आफ्नो परिचय बनाइसकेकी छन् । उनले मनका कथाहरु कथा सङग्रह र परिभाषित समय कविता सङग्रह प्रकाशित गरिसकेकी छन् ।  

सरल र सहज विम्वका माध्यमबाट समसामयिक भाव ब्यक्त गर्ने मनका कवितामा राष्ट्रियता , सामाजिक तथा राजनितीक विकृती विसङगती , नारीका पीडा , प्रकृतिको सौन्दर्य चित्रण , कला, संस्कृती , अभाव , प्रेम ,मानवता जस्ता कुरा समेटीएको पाइन्छ । उनका गद्य र झ्याउरे छन्दमा रहेका कविताहरु निकै ओझिला रहेका छन् । गहिरे नेपाली समाजलाई  पत्रकारिता, शिक्षा र  सामाजिक क्षेत्रका माध्यमबाट पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न संघ संस्थाहरुबाट समेत  सम्मानित भएकी छन् ।

गहिरे देवीभक्त चोलकुमारी सामाजिक सेवा पुरस्कार २०६४, उत्कृष्ट पत्रकारिता पुरस्कार २०६९, विश्व नारी साहित्यक पदक २०७१, सकला वाङमय पुरस्कार २०७१, मनका कथाहरु कथा संग्रह, राधा बद्री अम्विका स्मृति प्रतिभा पुरस्कार २०७२, सत्यमोहन जोसी शदाव्दी पदक २०७१, उत्कृष्ट लेखनवृद्धि २०७४ लगायतका दर्जनौ पुस्कारबाट पुरस्कृत भइसकेकी छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ