arrow

टिक्ला त ‘सनक’ को एकता ? के होला ओलीको बोली ?

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
oli-prachanda.JPG

काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता प्रायः सनकका भरमा भइरहेको विष्लेषण गर्न थालिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सनकका भरमा नेपाली काँग्रेससंग मिलेर स्थानीय तहको निर्वाचनमा चुनावी एकता गरेका थिए। 

उनले काँग्रेसको बुई चढेरै छोरी रेणु दाहाललाई चितवन महानगरपालिकाको मेयर बनाए । जिताउनै पर्ने आफ्नालाई जिताएरै छाडे। तर पार्टीको स्थिति भने कमजोर भएपछि उनलाई लाग्यो अब काँग्रेससंग लागेर माथि गइन्न । त्यसपछि एमालेसंग चुनावी सहकार्य गरे। यसले उनलाई पनि फाइदा भयो र एमालेलाई पनि फाइदा भयो । परिणाम स्वरुप एमाले पहिलो दल र माओवादी तेस्रो दल भयो । बामगठबन्धनको योगफल भने बहुमतको भयो। 

पहिलो पटक बामगठबन्धनको एकलौटी बहुमतको सरकार बनेको छ। जनताले दिएको जनमतको कदर गर्दै पार्टी एकता गर्ने भनी नेताहरुले एकता गर्नका लागि माघदेखिकै भाका राखेका थिए। तर कहिले फागुन, चैत अनि बैशाख ९, बैशाख २२ पछि रोजियो जेठ ३ गते। यो दिनमा तत्कालीन माले नेताहरु मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा सडक दुर्घटनामा परी निधन भएको थियो। एमालेलाई यो मितिले पक्कै राहत दिएको हुनुपर्छ। सहयात्री केपी शर्मा ओली एमालेका अध्यक्ष एवं प्रधानमन्त्री छन्। त्यसैगरी भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति छिन्। 

एक एमाले निकट राजनीतिक विष्लेषकको भनाइलाई आधार मान्ने हो भने यो एकता सनकको भएकाले दुःख त धेरै हुन्छ नै। उनी आफ्नो नाम खुलाउँदा एकताको अहम् घडीमा एकता विरोधी हुनु उपयुक्त नहुने भन्दै उनले भने, ‘कम्युनिष्टहरु एक हुनु राम्रो हो, विकास हुन्छ, मुलुक समृद्ध हुन सक्छ, तर स्वार्थ र सनकले कम्युनिष्टहरु जोडिने र टुक्रिने क्रम अझै रोकिएको छैन, दुई वर्षमा एकता महाधिवेशन गर्ने भनिएको छ के के हुने हो अनुमान गर्न सकिन्छ।’

ओलीको बोली के होला ? 
केपी शर्मा ओली जनता तताउन माहिर छन्। भाषणका उस्ताद उनलाई माहोल तताउन मन पर्छ । त्यसैले पनि ठट्टाठट्टैमा धेरै कुरा भनिसक्छन्।असोज १७ पछि उनले माओवादीका नेताहरुलाई धेरै नै भित्तामा पुर्याएका पनि छन् । यसले रुष्ट भएर प्रचण्ड पटकपटक विरक्त हुँदै पनि आएका छन्। 

प्रचण्डलाई भँडुवा र अवसरवादीको समेत बिल्ला भिराउन पछि नपरेका ओलीकै कारण प्रचण्ड थुप्रै पटक कहिले पोखरा, कहिले चितवन त कहिले सुकुटे गएर ‘मनशान्ति’ गर्दै आएका छन्। अब ओलीले कर्णप्रिय नलाग्ने शब्दहरु नबोल्लान् भन्ने के ग्यारेन्टी ? कतै जनताको दबाब, नेताहरुको आपसी दबाब, विदेशी दबाबका बीच गरेको सन्की एकताले राष्ट्रघात गर्ने त हैन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ