arrow

डरलाग्दो गरी घट्दै ओजोनको सतह

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
ozone_hole.jpg

काठमाडौं । वैज्ञानिकहरुले वायुमण्डलमा ओजोन तह विनाश गर्ने क्लोरोफ्लोरो कार्बन (सीएफसी)को मात्रा अत्यधिक मात्रामा फैलिएको विवरण सार्वजनिक गरेका छन् ।

वैज्ञानिकहरुले लामो अनुसन्धानपछि बुधबार सार्वजनिक गरेको विवरणमा पछिल्लो केही वर्षयता पृथ्वीको वायुमण्डलमा अत्यधिक मात्रामा ओजोन विनाश गर्ने ग्यास फैलिएको उल्लेख गरिएको छ । सन् २०१२ यता क्लोरोफ्लोरो कार्बनको उत्सर्जनको वृद्धिदर अनुमान गरिएभन्दा आधाले मात्र कम रहेको देखिएको हो ।


शोधकर्ताहरुले पछिल्लो समय पूर्वी एसियाबाट अवैधरुपमा यस किसिमको ग्यास फैलिरहेको बताएका छन् । यस किसिमको ग्यासले ओजोनको तहमा आउनसक्ने सुधारलाई पनि असर पारेको उनीहरुको भनाइ छ ।ओजोनको तहमा देखिएको गिरावटले आगामी दिनमा जलवायु असन्तुलन थप बढाउने शोधकर्ताहरुले सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ ।

सीएफसी ग्यासको प्रयोग सन् १९३० मा पहिलोपटक रेफ्रिजेरेटरमा प्रयोग गरिएको थियो । सीएफसी उत्सर्जन भएसँगै यसबाट आउने क्लोरिन ग्यासले ओजोनको तहलाई असर गर्ने गर्छ । सीएफसीको मात्रा अत्यधिक मात्रामा बढेको कारण अन्टार्टिकाको आकाशमा ओजोनको तहमा ठुलो प्वाल परेको पाइएको छ । यस किसिमको विभिन्न किसिमका विवरणहरु सार्वजनिक भएपछि सन् १९९० र २०१० मा गरी विश्वका सबै मुलुकहरुले ओजोनको तह जोगाउनका लागि सम्झौता गरेका थिए र ओजोनको तह भने पातलो बन्दै गइरहेको छ ।

सीएफसीको उत्पादनमा रोक लगाइएको भए पनि अहिले प्रयोगमा रहेका अन्य रसायनहरुबाट निस्किएको ग्यासको कारण ओजोनको तह पातलिँदै गएको हो । बुधबार सार्वजनिक गरिएको विवरणमा सन् २००२ देखि २०१२ सम्मको अवधिमा ओजोनको तहमा एकैनासको गिरावट आएको भए पनि त्यसयता भने आशा गरिएअनुसारको नतिजा हासिल गर्न नसकिएको हो ।  

यस किसिमको विवरणले आगामी दिनमा पृथ्वीमा थप नकारात्मक असर देखापर्नसक्ने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । बीबीसी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ