arrow

किन गएनन् भ्यासेक्टोमी शिविरमा सेवाग्राही ?

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
vasectomy.jpg

तेह्रथुम । जिल्ला अस्पताल तेह्रथुमका प्रमुख डा मुक्तिनारायण शाहसहितको स्वास्थ्यकर्मीको टोली पुरुष स्थायी बन्ध्याकरण शिविरका लागि बुधबार आठराई गाउँपालिकाको संक्रान्तिबजार पुग्यो । 

सोही टोली बिहीबार फेदाप गाउँपालिकामा पनि शिविर सञ्चालनका लागि उपस्थित भयो । तर दुवै स्थानमा पुरुष स्थायी बन्ध्याकरणका लागि सेवाग्राही नआएपछि टोली रित्तै फर्किएको छ । फेदाप गाउँपालिकाको सिम्लेस्थित स्वास्थ्य चौकीमै आयोजना गरिएको पुरुष स्थायी बन्ध्याकरण अर्थात भ्यासेक्टोमी शिविरमा बिहीबार कोही पनि सेवाग्राही आएनन् । 

सन्तानको रहर पुगेका दम्पतीमध्ये पुरुषमा स्थायी बन्ध्याकरणका लागि जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभर निःशुल्क भ्यासेक्टोमी शिविरको आयोजना गरेको छ । 

तर शिविरमा एकजना पनि सेवाग्राही भने आएका छैनन् । परिवार नियोजनको स्थायी साधन भ्यासेक्टोमी प्रयोग गर्ने पुरुषको संख्या जिल्लामा नगन्य जस्तै रहेको छ । 

गतवर्ष जिल्लामा १५ जनाले मात्रै भ्यासेक्टोमी गराएका थिए । बिहीबार छथर गाउँपालिकाको हमरजुङ स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय परिवार नियोजन शाखाका फोकल पर्सन राजनारायण शाहले बताए ।

शिविरका लागि लाखौँ रुपैयाँ खर्च भएपनि शिविरबाट लाभ लिनेको संख्या भने नगन्य छ । 

समाजमा परिवार नियोजनका साधन महिलाले नै प्रयोग गर्नुपर्ने मान्यता नहटेकाले पनि यस्तो समस्या सिर्जना भएको स्वास्थ्यकर्मीले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ