arrow

मेयरको घर पर्दा सडक बिस्तार रोकियो

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
maypur.jpg

बुटवल।  रुपन्देही तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेको घर सडकको मापदण्ड पुरा नगरेकोले ड्राईभर टोल – डिंगनर सडक स्तरउन्ती नभएको नेपालि कांग्रेस नगर सभापति हरिलाल पाण्डेले बताएका छन् ।  नगरपालिका भित्र रहेका २५ वटा पुराना सडक स्तरउन्ती गर्ने भनिएपनि उक्त सडकखण्ड बिस्तार नभएको सभापति पाण्डेले बताए ।

पुराना सडकहरु स्तर उन्नती गरी १३ मिटर अथवा ४३ फिट बनाउनु पर्ने भएपनि नगरप्रमुखको घर भएकोले त्यो सडक बिस्तार नभएको हो ।  एकिकृत सम्पतिको नाममा जनता संग प्रतक्ष कर लिईसकेपछि नगरपालिकाले सडक कालोपत्रे लगायतका अन्य निर्माणको लागी ५०–५० को जनसहभागिताको योजना खारेजीको लागी आफुहरुले दबाद दिने उनले बताए ।

विकास निर्माण र कर सम्बन्धमा नेपाली कांग्रेस तिलोत्तमा नगर समितिको धारणा सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख पाण्डेले जनताको ढाड सेक्ने गरि जनताले कर तिर्न नसक्ने बताए । जनतालाई नै उठिबास लगाउने किसिमबाट जनताले कर तिर्न नसक्ने भन्दै थि निर्णयहरु सञ्चाउन माग समेत गरेका छन् ।
एकिकृत सम्पति करको सम्बन्धमा जनताको स्वामित्वमा रहेको जग्गाको कर निर्धारण गर्नु पूर्व जग्गालाई २ भागमा बिभाजन गरिनु पर्ने बताउँदै खेतियोग्य र ब्यवसायीक तथा घडेरी प्रयोवजन छुट्टाउन माग समेत गरे ।  घरको कर निर्धारण गर्दा आवासिय घर र व्यवसायीक प्रयोजनको लागी छुट्टाएर मात्र कर निर्धारण गर्न समेत नेपाली कांग्रेस तिलोत्तमा समितिले माग गरेको छ ।

नगर समितिले व्यवसायिक करको सम्बन्धमा उद्योगी ब्यवसायीलाई संरक्षण गर्नुपर्ने बताउँदै अगाढि बढ्न माग समेत गरेको छ । नगरक्षेत्र भित्र रहेका क्रेशर उद्योगहरुलाई उचित क्षतिपुर्तिको समेत माग गरेको छ । नगरपालिका भित्र रहेका सम्पूर्ण सम्पूर्ण सामुदायीक बिद्यालयको स्तरउन्नती गर्दै समयसापेक्ष  शिक्षाको लागि अनुदानको व्यवस्था गरिनुपर्ने माग समेत गरेका छन् ।



नयाँ