arrow

समाजसेवी सुन्दरद्धारा १० जना विद्यार्थीलाई छात्रबृत्ति हस्तान्तरण

logo
तेजन खड्का,
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
samajsebi.jpg

उर्लाबारी । उर्लाबारी ९ स्थित प्रभात आधारभत विद्यालयमा अध्ययनरत १० जना विपन्न परिवारका विद्यार्थीलाई स्थानीय समाजसेवी सुन्दर श्रेष्ठले शुक्रवार छात्रबृत्ति उपलब्ध गराएका छन् ।  सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका श्रेष्ठले कक्षा १ देखि ८ कक्षा सम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रबृत्ति स्वरुप नयाँ लत्ताकपडा,स्टेसनरी,ब्याग लगायतका समाग्री शुक्रवार हस्तान्तरण गरे । श्रेष्ठको श्रीमती सुनिता र सुन्दरले छात्रबृत्ति संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।  यसरी छात्रबृत्ति पाउने विद्यार्थीमा गोपाल थापा,स्नेहा श्रेष्ठ,भुमिका खतिवडा,ओसिन मारापाँचे,अंकित श्रेष्ठ,सुमित लिम्बू,पूर्णमाया खड्का,सजना लिम्बू,सुविना लिम्बू र नैनकला अधिकारी रहेका छन् । अब उनीलाई लाग्ने पठनपाठनको खर्च समेत श्रेष्ठले नै बेहोर्ने छन् । सिलाएको नयाँ स्कुल पोसाक,कपि कलम ब्याग पाएपछि विद्यार्थीहरु खुशी भएका थिए भने कार्यक्रममा सहभागी सबैले श्रेष्ठको प्रशंसा गरेका थिए ।

सामुदायिक विद्यालय त्यसमा पनि विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गर्छन, उनीहरु परिवारको आर्थिक अभावका कारण विद्यालय जना बन्चित नहुँन,पठनपाठनमा उनीहरुलाई समस्या नहोस भनेर सहयोग गरेको श्रेष्ठले बताए । छात्रबृत्तिका समाग्री हस्तान्तरण गर्दै श्रेष्ठले विद्यार्थीहरुलाई शैक्षिक सफलताको कामना गरे ।

आफुले उनीहरुको अभिभावकत्व गर्दै सहयोग गर्ने घोषणा गरेको र सोहि अनुरुप सहयोग गरेको श्रेष्ठले बताए । हाम्रो पालामा अहिले जस्तो पढ्न राम्रो सुबिधा थिएन, विद्यालयका भौतिक पूर्वाधारहरुका अबस्था दयनिय थियो, श्रेष्ठले भने,वाल्यकालमा अध्ययन गर्ने क्रममा आफुले भोगेको समस्या सम्झेर सहयोग गरेको हुँ ।

छात्रबृत्ति पाउने विद्यालयले अझै राम्रो प्रगती गरे अझै सहयोग गर्ने श्रेष्ठले प्रतिबद्धता ब्यक्त गरेका छन्  । केहि दिन अघि श्रेष्ठले विद्यार्थीको लागि वालउद्यानका समाग्री पनि सहयोग गरेका थिए ।  यसअघि उनले विद्यालयमा मञ्च बनाइनुदिनुका साथै विद्यालयमा पर्खाल निर्माण र रंगरोगनमा गरिदिएको विद्यालयका प्रअ मोहन चापागाईले बताए । उनले पूर्व विद्यार्थी श्रेष्ठले विद्यालयमा धेरै सहयोग गरेको बताए ।

कार्यक्रम विद्यालयका अध्यक्ष रुद्र सुब्बाको सभापतित्वमा तथा सन्तकुमार बस्नेतको संन्चालनमा भएको थियो । लेबर काम गर्दै राजधानिमा आर्थिक उर्पाजन गर्दै सम्पन्न भएका श्रेष्ठले स्थानीय स्तरमा उल्लेख्य सामाजिक काम गरेका छन् । स्मरण रहोस यसअघि उनले आफ्नो गाउँ सहित वल्लो गाउँ पल्लो गाउँमा समेत निजी खर्चमा सडकबत्ति जडान गरिदिएर झलमल्ल पारिदिएका छन् । गाउँमा जेष्ठ नागरिकको लागि बिश्राम चौतारी बनाईदिएका श्रेष्ठले स्थानीय राजघाट आधारभुत विद्यालयमा गेट निर्माण गरिदिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ