arrow

कोन्दो पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरियो

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
library.jpg

लावण्य,साँखु । यही जेष्ठ ४ गते कोन्दो फाउण्डेसन नेपालद्वारा काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगको शंखरापुर नगरपालिका २ स्थित महेन्द्र राष्ट्रिय आधारभूत विद्यालयमा हातामा निर्माण गरिएको कोन्दो पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

सो पुस्तकालय गत मंसिर १९ गते विद्यालयसँग सम्झौता गरि निर्माण थालिएको हो । निर्माण सम्पन्न गरि फाउण्डेसनले पुस्तकालयको लागि आवश्यक भौतिक पूर्वाधारसहित विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा फाउण्डेसनका अध्यक्ष अपार खड्काले समुदायका विद्यार्थीहरुको पढ्ने बानी विकास गर्नको लागि पुस्तकालयको स्थापना गरिएको बताउँदै कोन्दो फाउण्डेसनको मूल नारा नै “हाम्रो गन्तव्य  सामाजिक पिडाहरुको अन्त्य” रहेको बताएका थिए ।

सो पुस्तकालय हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर लामा, शंखरापुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष जीवन लामा तामाङ, विद्यालयका प्रधानअध्यापक ईश्वरी प्रसाद दंगाल, फाउण्डेसनका तर्फबाट कोषाध्यक्ष केशव रिमाल, सदस्य नरेश खड्का, समाजसेवी रामकृष्ण सिं, विजय भाष्कर, सपना नेपालका विमला नेसुर, लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु विद्यार्थी एवं अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सो विद्यालयका शिक्षक शम्भु केसीले सञ्चालन गरेका थिए ।

कोन्दो फाउण्डेसनको स्थापना समाजसेवी जापानी नागरिक तोरु कोन्दोको नाममा स्थापना गरिएको हो ।
दिवंगत तोरु कोन्दोले विशेषगरि मुस्ताङ जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएका थिए । सुरुमा जाईकाको लागि प्रोग्राम कोअर्डिनेटरको रुपमा आउनुभएका कोन्दोले जाईकाको प्रोजेक्ट सकिएपछि मुस्ताङ जिल्लामा काम थालेका थिए । सो ठाउँमा जापानीज स्याउको उत्पादन गरि मुस्ताङीहरुको जीवनस्तर उकास्न योगदान गरेका थिए ।

उनले सिन्धुलीमा जुनार खेति गराई त्यहाँका स्थानीय कृषकहरुको आर्थिक स्तर उकास्न मद्दत पुर्‍याएका थिए ।
उनले मुस्ताङमा सामुदायिक अस्पताल, विद्यालय लगायत विभिन्न सामाजिक कार्य गरेवापत उहाँलाई सरकारले पनि पञ्चायतकालमा र पछि गणतन्त्र आएपछि समेत विभिन्न पदवीहरुले सम्मान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ