arrow

नेकपा संसदीय दलमा एउटै पाइलट, केपी ओली सर्वसम्मत दलको नेतामा चयन

logo
प्रकाशित २०७५ जेठ ५ शनिबार
nekapa-parliyamentary-meting.jpg

काठमाडौं।  नवगठित नेकपाको संसदीय दलमा एउटै पाइलटले नेतृत्व गर्ने भएका छन्। पार्टीमा दुई पाइलटको अवधारणा ल्याएर दुई अध्यक्ष भएपनि संसदीय दलमा एकै पाइलटले काम चलाउन नेकपा राजी भएको छ।

संसदीय दलको नेता नै प्रधानमन्त्री हुने कारणले पनि नेकपाले सर्वसम्मत रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको छ। 

शनिवार बसेको संसदीय दलको वैठकले सर्वसम्मत रुपमा ओलीलाई संसदीय दलको नेतामा चयन गरेको हो। नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमै ओली नेता सर्वसम्मत भएका हुन्। 

नेकपा गठन भएपछिको पहिलो वैठकले ओलीलाई सम्वसम्मत नेतामा चयन गरेको सो पार्टीका नेता योगेश भट्टराईले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ