arrow

अस्पतालबाट पाइँदैन स्वास्थ्य बिमाको औषधी, बिरामी निजी मेडिकलमा धाउन बाध्य 

logo
सीता डोटेल 
प्रकाशित २०७५ जेठ ६ आइतबार
palpa-hospital.jpg

पाल्पा । राष्ट्रिय गौरबको कार्यक्रम स्वास्थ्य बिमा मार्फत स्वास्थ्य उपचार गराएपनि रामपुर अस्पतालबाट औषधी नपाउदा बिरामी मर्कामा परेका छन् । पाल्पा जिल्लामा २०७३ साल पुुषदेखि यो कार्यक्रम चलेको हो तर अस्पतालमा स्वास्थ्य परिक्षण गराएपनि अस्पतालबाट औषधी नपाउँदा बिरामीले सास्ती व्यहोर्नुपरेको छ । 

५० शैयाको अस्पताल भएपनि स्रोत साधनको कमी भन्दै बिमा गरेका बिरामीले बिमा बापतको निशुल्क पाउनुुपर्ने औषधी अस्पतालबाट पाउँदैनन् । अस्पतालमा रोगले च्यापेका र स्वास्थ्य समस्या भएका बिरामी नै उपचार गर्न आउने हो तर यही पाउनुुपर्ने औषधी लिन अन्यत्र जानुपर्छ–रामपुर रामपुर ७ का पुर्ण चन्द्र पौडेलले.भने । 

अस्पतालमा स्वास्थ्य परिक्षणपछि हातमा बिरामी कार्ड र औषधीको बिल लिएर चर्काे घाममा पसिना बगाउदै मेडिकल हिँडेका रामपुर ७ का लक्ष्मीभक्त कामीले भने–सरकारले बिरामीलाई औधी दुःख दिएर पसिना बगाउदै बाच्न हिडेको छुु । अस्पतालमा स्वास्थ्य जाच गराएपछि औषधी लिन १ बजे बेझाँड तर्पm जादै गरेका ६७ बर्षे उनले आफुहरुलाई बिमाले सेवासँगै दुःख दिएको बताए ।

त्यस्तै रामपुर ८ का शुकनाथ न्यौपानेको समस्या पनि उस्तै छ– एक दिन औषधी गर्न अस्पताल गयो दिन बित्छ तर औषधी पाइँदैन उनले भने । बिरामी धेरै छन् दिनभरि चेक गर्न पालो कुरेर बस्यो । उनले भने– साझँपख घर पुग्नै प¥यो–कहाँ फेरि बजार पुग्न भ्याइन्छ र? औषधी लिन अर्काे दिन नै छुट्याउनुुपर्छ ।

सरकारले सरकारी अस्पताल आफैले फार्मेसी चलाउनुुपर्ने बताएको छ । तर यहाँ अस्पतालको आफ्नै फार्मेसी नहुँदा बिमाको औषधी लिन बिरामी बजारको निजि क्लिनिक धाउने गरेका छन् । अस्पतालको आग्रहमा बजारमा रहेको दिघार्युु मेडिकल हलले बिमाको औषधी दिदै आएको छ ।

 रामपुर अस्पतालका प्रमुुख तथा मेडिकल अधिकृत डा.कथितराज घिमिरेले छिटो फार्मेसी सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए । बिरामीलाई अस्पतालबाट औषधी दिनुपर्ने हो घिमिरेले भने–सिधै दिन नसकेको नै हो । उनले प्राथमिक स्वास्थ्य केन्द्र छिटो नै ५० शैयाको अस्पतालमा स्तरउन्नति भएपछि आबश्यक भौतिक संरचना र स्रोत साधनको कमीले दिनुपर्ने सेवा अभैm दिन सकिरहेका छैनौ । 

रामपुर नगरपालिका सहित रामपुर अस्पतालमा पायक पर्ने सरकारको बिमा कार्यक्रम प्रति आकर्षित छन् । बिमा कार्यक्रम सञ्चालन भएपछि अस्पतालमा बिरामीको चाप पनि बढेको छ । २०७३ साल पुुषबाट कार्यक्रम शुरु भएकोमा रामपुर क्षेत्रमा भने पछिल्लो ६ महिनामा बिरामीको संख्या बढेको हो । गत श्रावणदेखि बैशाख मसान्तसम्ममा १९ हजार ४ सय बिरामीले स्वास्थ्य परिक्षण गराएका छन् । पछिल्लो समय उपचारमा आउनेमध्ये ६५ प्रतिशत बिरामी स्वास्थ्य बिमा गरेका बिरामी रहने अस्पतालले जनाएको छ । जिल्लामा ७५ हजारले स्वास्थ्य बिमा गरेका छन् । 

तिनै बिरामी भने स्वास्थ्य परिक्षणको लागि अस्पताल आउनुपर्ने र औषधी लिन भने डेढ किलोमिटर पर बजारमा पुग्नुुपर्ने बाध्यताले झन्झट मानेका छन् । रामपुर ४ का बिशाल थापाले  भने–बजारमा पाई पर्नेलाई सजिलो छ तर एकातिर अस्पताल र एकातिर घर हुुनेलाई भने औषधी लिन कष्ट छ । अस्पताल भित्र नै ३ बर्ष अघि टेण्डर आह्वान गरि राखिएको फार्मेसी छ । तर बिरामी त्यहाँ बिमाको औषधी पाउदैनन् । सो फार्मेसीको समय सकिएपनि अस्पतालले नै आफ्नै फार्मेसी नचलाउदा सम्म राख्न आग्रह गरेपछि सो फार्मेसीबाट बिमा भन्दा बाहिरका बिरामीको लागि औषधी सञ्चालन हुुदै आएको छ । 

अस्पतालले फार्मेसी भवनको अभावमा फार्मेसी चलाउन ढिलो भएको बताएको छ । तर स्वास्थ्य सचिब शान्ता बहादुर श्रेष्ठले गतबर्ष नै फार्मेसी भवनको उद्घाटन गरिसकेका छन् । सो भवनमा अहिले प्रशासन, प्रसुति जाँच, ल्याब र स्टोरको रुपमा प्रयोग भइरहेको छ । पुनः अस्पतालले भवनको मुख्य गेट अगाडीको सानो खाली जमिनमा फार्मेसी सञ्चालनको लागि भवन बनाउँदैछ । ढिलो भएको छ तर अब तत्काल फार्मेसी चलाउन काम भैरहेको छ रामपुर अस्पतालका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले भने । बिरामीलाई समस्या छ त्यसैले काम छिटो सक्ने गरि अगाडी बढेका छौ अधिकारीले थपे ।

साबिक रामपुर १ कि महिला स्वास्थ्य स्वंयमसेविका चन्द्रमा ढुङ्गानाले भनिन् बिरामीले बिमाको औषधी अस्पतालबाटै दिन पटक पटक हामीसँग भनेका छन् । त्यस्तै अर्का स्वयंम्सेविका सीता श्रेष्ठले थपिन् अभियान सफल पार्न बिमा गर्न आग्रह गर्दा बिमाको औषधी लिन अन्यत्र जानुुपर्ने गुनासो छिटो सुनाउने गरेका छन् ।  

बिमा कार्यक्रमले १ हजार १ सय १८ प्रकारको औषधी दिदै आएको छ । अस्पतालले आप्mनै फार्मेसीबाट औषधी नदिदा मेडिकल हलले पनि चुनौती मोलेर औषधी दिदै आएको बताएको छ । बिरामीले बाहिर रिफर भएर काठमाडौं, भरतपुर, बुटवल पोखराबाट फरक औषधी खाने गर्छन् ति औषधी पुनः नभएपछि केही दिन कुराएर जसरी भएपनि औषधीको व्यवस्था गरेका छौ मेडिकल सञ्चालकले भने । यहाँ बिरामीले औषधी पनि नहुने भनेर भन्छन् सञ्चालकले भने–अस्पतालको आग्रहमा मात्र हामीले बिमाको औषधी दिन प्रयत्न गरेका हौ । बिरामीलाई राम्रो सेवा दिन आफुहरु तत्पर रहेको बताउदै केही दिन कुराएर भएपनि बिरामीले खाइरहेको औषधी बुुटवल, भरतपुर काठमाडौं सहित बिभिन्न कम्पनीसँगको समन्वयमा औषधी ल्याएको मेडिकले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ