arrow

अष्ट्रेलियाको प्रख्यात विश्वविद्यालयबाट नेपालीलाई छात्रवृत्ति घोषणा

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
La-Trobe-regional-campus.jpg

काठमाडौँ । अष्ट्रेलियाको प्रख्यात ला ट्रोब विश्वविद्यालयले प्रतिभाशाली एवं जेहेन्दार नेपाली विद्यार्थीलाई वार्षिक शुल्कमा २५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

उक्त विश्वविद्यालयको बिजनेश स्कूलका डिन प्रा जेन हेमिल्टनले आइतवार यहाँ पत्रकार सम्मेलन गरेर पूर्वस्नातक, स्नातक र स्नातकोत्तर तहमा जेहेन्दार विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म एकमुष्ट छात्रवृत्ति प्रदान गरिने बताए  ।

हाल उक्त विश्वविद्यालयमा ११६ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै नेपाली विद्यार्थीका निम्ति आफ्नो विश्वविद्यालय आकर्षणको केन्द्र बनेको बताए । “गत वर्ष ८० जना नेपाली विद्यार्थी थिए, यो वर्ष ११६ पुगे,” उनले भने।

आगामी नोभेम्बर र जनवरीमा प्रारम्भ हुने नयाँ शैक्षिक सत्रबारे जानकारी दिन उक्त विश्वविद्यालयले पत्रकार सम्मेलन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ