arrow

नेकपा सरकार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, आधार चुनावी घोषणापत्र

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
sanghiya-samsad.png

काठमाडौं । सरकारले सोमबार आर्थिक वर्ष २०७५–२०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । नेपाल कम्युनिष्ट पार्टीको सरकारले पहिलो पटक चुनावी घोषणापत्रमा आधारित रहेर आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।


संविधान बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसदको दोस्रो संयुक्त बैठकमा प्रस्तुत गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसदको संयुक्त बैठक दोस्रो पटक बस्न लागेको हो ।

सरकारको नीति तथा कार्यक्रममा सामान्यतया सैद्धान्तिक विषय समेटिने छ भने त्यसको निश्चित समयावधि र रकमलगायत विषय बजेटमा पर्नेछन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले तत्काली वाम गठबन्धनको चुनावी घोषणापत्रमा समावेश महत्वपूर्ण कार्यक्रमहरुलाई सरकारले नीति तथा कार्यक्रममा समावेश गर्न लागेको बताएका छन् । 

उनले पैसा अभावका कारण पाँच हजार सुरक्षा भत्ता दिने भनि घोषणा गरिएको कार्यक्रम भने नसमेटिने बताएका छन् । अब सरकारले श्रमिक तथा कर्मचारीलाई स्वास्थ्य उपचार, बेरोजगार भत्ता, आश्रित परिवाको हेरचाहदेखि निवृत्तिभरणजस्ता न्यूनतम सामाजिक संरक्षणका सुविधा प्रत्याभूत गर्ने अर्थमन्त्री खतिवडाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ