arrow

५० रुपैंयामा लेबर काम गरेका सुन्दर श्रेष्ठ यसरी भए लखपति

समाजसेवामा लाखौं खर्चेका उनको यस्तो छ संघर्षको कथा

logo
तेजन खड्का,
प्रकाशित २०७५ जेठ ७ सोमबार
sundar-shrestha.jpg

उर्लाबारी  । सुरुवाति दिनमा लेबर मार्फत संघर्ष गरेका मोरङ राजघाटका—७ हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो नीजि खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन् ।  कैले सडक बत्ति त जडान त कैले विद्यालयमा विविध सहयोग । त्यतिमात्र होईन्, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग उदाहरणीय छ ।

 चुनाब आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुको लागि उनको यो काम यतिबेला गतिलो झापड भएको छ । सुन्दरलाई जान्ने बुझ्नेहरु भन्छन्,उनले गाउँको लागि महत्वपूर्ण सहयोग गरेका छन् । धन पनि मन पनि भएका व्यक्ति हुन्,सुन्दर । गाउँको विकास गर्ने हो भने इच्छा शक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ । सुन्दरले आफ्नै लगानिमा गाउँ नै सुन्दर बनाउदैछन् । सुन्दर अर्थात समृद्धियुक्त । यो यात्रामा उनी निरन्तर लागि रहने प्रण गर्छन् ।

उनले विद्यालयहरुमा सहयोग गरेका छन् भने गाउँमा सडकबत्ति जडान गरिदिएका छन् । आफ्नै लगानीमा बाटोघाटो निर्माण गरिदिएका छन ।  खेलकुल तथा कलासंस्कृति पनि उच्च सहयोग गरेका छन् । सकारात्मक सोच बोकेर सहयोगी हात फिजाएर आएको मानिसहरुलाई सुन्दरले अहिले सम्म खालि हात फर्काएका छैनन् । उर्लाबारी ९ को प्रभात निमाविमा उनले मञ्च निर्माण गरिदिएका छन्, घेराबारामा सहयोग गरेका छन् । यतिमात्र होईन,सोहि विद्यालयमा रंगरोगन गरेर चिटिक्क पारेका छन् । यस्तै उर्लाबारी ९ कै राजघाट निमाबिमा विद्यालयको घेराबारा पछि गेट निर्माण गरिदिएका छन् । हाल सोहि विद्यालयका १० जना विद्यार्थीको पठन पाठनको खर्च सबै आफै बेहोर्ने भएका छन् ।

सुन्दरले नै गर्दा आज गाउँको पोलपोलमा सडकबत्ति जडान भएको छ । गाउँ झलमल्ल भएको छ । सुन्दरको सहयोग यतिमै सिमित छैन, गाउँको कृतन मण्डली मठमन्दिर, खेलकुदमा पनि उनको सहयोग उच्च छ । सुन्दर भन्छन्,'धन भन्दा पनि मन भएर सहयोग गरेको हुँ । म त्यस्तो धनि मान्छे पनि होईन,यति हो खान लगाउन र समाजमा अलिकति सहयोग गर्न गाह्रो छैन् ।'

हाल उनले आफ्नो गाउँमा एकल लगानीमा बाटो खोलिदिएपछि खेत भित्र भित्र बाटो बनेको छ ।

सुन्दरको यात्रा

घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोरअवस्थामै काठमाडौं हानिएका थिए,सुन्दर । खोपीडाँडामा जन्मेहुर्केर काठमाडौंमा ठेक्कापट्टा र हाउजिङ्ग व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चेका हुन् । सुरुमा काठमाडौं पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रमीक लिएर ज्यालामजदुरी सुरु गरेका थिए । निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति भएको हो । हाल उनी ठेक्कापट्टा र हाउजीङ्ग व्यवसायमा सम्लग्न छन् । सुन्दर भन्छन्, 'म अझै आफुलाई एउटा लेबर हुँ भन्न रुचाउछु ।'

सुरुमा परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जम्नेहुर्केका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा कष्टकर थियो । तीन दाजुभाईमध्ये कान्छा उनी पढाईमा असफल भएपछि एसएलसी दिएर काठमाडौं हानिएका थिए । उनले सुरुमा आफ्नो कमाईले परालको छाना र सण्ठीको बेरा भएको घर छेऊमा काठको घर बनाए । त्यसपछि उनले भक्तपुर र खोपिडाँडाको आफ्नै खेतबारीमा आकर्षक पक्की घर बनाएका छन् ।

ठेक्कापट्टा र हाउजिङ्ग व्यवसायबाट आयआर्जन गरेका  श्रेष्ठ  समाजसेवामा क्रियाशिल  छन् । गाउँको विकासमा उनको चिन्ता रहने गर्छ । उनको सोच छ,हाम्रा सन्ततीले हामी भन्दा दुख नपाउन । श्रेष्ठले समाजमा  गरेको आर्थिक सहयोग प्रति उनकी आमा भद्रकुमारी र पत्नी सुनिताले पनि खुशी व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ