arrow

पट्यार लाग्दो नीति–कार्यक्रम : मन्त्रीले सुपारी चपाउँदै सुने, सांसदका गालामा हात

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
samsad_news.png

काठमाडौ । सरकार गठन भएको तीन महिनापछि सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि सरकारले नीति तथा कार्यक्रम ल्याएको हो ।

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गत फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो । 
व्यवस्थापिका–संसद् भवनलाई रङ्गीचङ्गी ध्वजा पताकाले दुलहीजस्तै सिगाँरिएको थि यो । राष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संसद् भवनमा आगमन हुँदा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, न्याय, कानून तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङ, संसद् सचिवालयका महासचिवसहित सचिवालयका उच्च अधिकृतले स्वागत गरे ।

यस्तै, सांसदहरु दौरा सुरुवाल र आ–आफ्नो जातीय परम्परा झल्किने पोशाकमा सरिक भए । 
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति दिए । 

राष्ट्रपति भण्डारीले अपराह्न ४ बजेर १० मिनेटमा संयुक्त सदनलाई सम्बोधन गर्न शुरु गरिन् । नीति कार्यक्रम पढ्न राष्ट्रपतिले एक घण्टा तीन मिनेट लगाईन् । सरकार गठनकाे तीन महिनामा सार्वजनिक भएकाे नीति कार्यक्रम पढ्न राष्ट्रपतिलाई कठिनाई भयो । सुरुमा उनी सलल बगिन्, पछि पट्यारलाग्दो गरी पढिन् । ठाउँ–ठाउँमा अड्किईन् ।

सभामुख महरा घरी राष्ट्रपतितिर हेर्थे त घरी नीति कार्यक्रम सुन्दा सुन्दै सांसदहरु सुतेकी भनि अघिल्तिर हेर्थे । सरकारका केही मन्त्रीहरु मुखमा सुपारी चपाउँदै थिए भने, अधिकांश सांसदहरु  गालामा हात लगाएर बसिरहे । ताकि उनीहरुलाई अडिरहन अफ्ठेरो भईरहेको थियो । कतिपयले सरकारको नीति तथा कार्यक्रम बजेट भाषण भन्दा लामो भएको भनि टिप्पणी समेत गरेका छन् । 

नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखहरुको पनि सहभागि भए ।  

नेपालको संविधानमा माथिल्लो सदनका रूपमा राष्ट्रियसभा र तल्लो सदनका रूपमा प्रतिनिधिसभा छन् । प्रबुद्ध वर्गको प्रतिनिधित्व रहेको राष्ट्रियसभा ५९ सदस्यीय तथा प्रतिनिधिसभा २७५ सदस्यीय छन् । 

संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते केन्द्र, असार १ गते प्रदेश र असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ