arrow

खोप केन्द्र बनाउन स्थानीयले दिए ४ आना जग्गा

logo
सीता डोटेल,
प्रकाशित २०७५ जेठ ७ सोमबार
rampur_palpa.png

पाल्पा ।  खोप केन्द्र निर्माणका लागि रामपुर नगरपालिका वडा नम्बर ३ बगाहा बस्ने स्थानिय एक बृद्धले आफ्नो जग्गा दान गरेका छन् । दर्छा स्वास्थ्य चौकी अन्तर्गत बगाहा खोप केन्द्रको लागि बगाहाका ७५ बर्षे बृद्ध नर बहादुर थापाले ४ आना जग्गा निशुल्क सहयोग गर्नुभएको हो । खोप केन्द्रले जग्गा प्राप्त गरेपछि भवन निर्माण कार्य शुरु गरेको छ ।

 रामपुर नगरपालिका स्वास्थ्य शाखाको ३ लाख रुपँया र वडा नम्बर ३ को १ लाख रुपँया गरि ४ लाखबाट २ कोठे भवन निर्माणको काम थालिएको वडा अध्यक्ष दिनेश कुमार खनालले जानकारी दिए । दर्छा स्वास्थ्य चौकी सो गाउँको पायक पर्ने ठाउँमा नभएकाले स्वास्थ्य चौकीले बगाहाको खुला चौरमा खोप केन्द्रको काम गर्दै आएको थियो । पानी परेको र मौसमले साथ नदिएको बेला मासिक भेला खोप कार्यक्रम स्थानियको घर भवनको ओतमा गर्दै आएकोमा स्थानिय थापाले जग्गा सहयोग गरे लगत्तै संस्थाको नै नाममा लालपुर्जा लिई भवन निर्माणको काम थालिएको स्थानीय युवा प्रकाश ज्ञवालीले बताए ।

 स्वास्थ्य सेवालाई सहज र व्यवस्थित गराउन भवन निर्माण कार्यलाई तिव्र पारिएको छ । आगामी असार मसान्तमा सक्ने गरि काम अगाडी बढाइएको वडाअध्यक्ष खनालले बताए । लामो समय भारतमा काम गरि आएका थापाले गाउँमा नै स्वास्थ्य सेवा लिन र सबैले पाउन् भनेर जग्गा दिएको बताए ।

दर्छा स्वास्थ्य चौकी साविक गाविसको माथिल्लो भेगमा भएकाले स्थानीयको पायक पर्ने गरि बगाहा, देविस्थान र रजघरामा खोप केन्द्र तथा सानीअमराई र घट्टारमा गाउँघर क्लिनिक गरि स्वास्थ्य सेवा दिदै आएको दर्छा स्वास्थ्य चौकीका अहेव कृष्ण प्रसाद वाग्लेले बताए । दर्छाका यी केन्द्रबाट साविक दर्छा गाविस अन्तर्गतका वडा नम्बर ३ र ४ मा खो कार्यक्रम ९२ प्रतिशत सफल भएको पाइएको छ । साविकको ५ गाविस गाभिएर बनेको रामपुर नगरपालिकामा ५ वटा स्वास्थ्य संस्था, ४ वटा शहरी स्वास्थ्य क्लिनिक र २१ वटा खोप केन्द्र रहेको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख तिर्थ प्रसाद ढुङ्गानाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ