arrow

कतारमा पाँच सय बढी नेपाली कामदार अलपत्र, न तलव छ न बिजुली पानी

logo
प्रकाशित २०७५ जेठ ८ मंगलबार
qatar.jpg.jpeg

काठमाडौं । कतारको दोहामा रोजगारीका लागि गएका पाँच सय बढी नेपाली कामदारहरु अलपत्र परेका छन् । 

काठमाडौंको ग्राण्ड शिखर ओभरसिजबाट गएका मात्रै ४०० भन्दा बढी नेपाली अलपत्र परेको इनायत शाहले बताएका छन् । 

वोइङ्स नेपाल सोसाइटी संचालन गरेर बसेका शाहले भने, ‘दाइहरुले यो ओभरसिज चलाइरहनु भएको छ, गत जनवरीदेखि नै हाम्रा नेपालीले  तलव पनि पाएका छैनन, बिजुली बत्तीदेखि पानी पाइरहेका छैनन्, पहल त्यतिबेलादेखि नै भइरहेको हो ।’

उनले थपे, ‘हामीले दोहास्थित नेपाली दूतावासलाई पनि भन्यौं, तर त्यो त्यति उपलब्धीमुलक देखिएन । दूतावासको सुनुवाइ त्यति नहुने बुझियो । दूतावास दिनानुदिन लाग्यो । बिहान साँझ लाग्यो । यति प्रयास गर्दा पनि कतार सरकारले सुनेको छैन । दूतावासले खानपिनको पनि व्यवस्था गरेको थियो ।’

ग्राण्ड शिखर ओभरसिजका प्रोप्राइटर फहिम शाहले दूतावासले सहयोग गरिरहेको र दूतावासकै पहलमा केही नेपाली कामदार पनि छुटेको जनाए । 

त्यहाँको एचबीके कन्ट्रयाक्टिङ कम्पनी त्यहाँका राजाको नातेदारको हो । त्यही कम्पनीले ५०० भन्दा बढी नेपालीसंगै झण्डै हजार जनालाई काममा लगाइराखेको छ । सन् २०२२ को विश्वकप फुटबलको आयोजनाका लागि रंगशाला निर्माणदेखि विभिन्न भौतिक पूर्वाधार निर्माणको काममा उनीहरु खटिएका छन् । 

तर त्यो कम्पनीले चार महिनादेखि तलव नै दिएको छैन । शाह भन्छन्, ‘त्यो कम्पनीले नचाहेसम्म त्यहाँबाट अन्त कामदार सार्न पनि सकिएन, यसलाई अन्तर्राष्ट्रिय दबाब नदिएसम्म कठिन भएको छ ।’

उनले भने, बंगलादेशी कामदारको पनि यही समस्या भएकाले बंगलादेशी दूतावासले समस्या समाधान गर्यो र तलव पाउन थाले तर हाम्रो दूतावासको दवाव पुगेन ।’

शाहले भने, ‘हामीलाई नेपाली कामदार हाम्रो जिम्मा लगाउने हो भने हामी नेपाल ल्याउन तयार छौं, तर हाम्रा नेपाली पनि हामीलाई दिइएको छैन ।’

शाहले नेपाली छुटाउन क्याम्पेन थालेको बताएका छन् । यसैक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले ट्वीटरमार्फत परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र रोजगार मन्त्री गोकर्ण विष्टलाई पनि सूचना ट्याग गरेकी छिन् । 

नेपालीहरुले तलवसंगै खाना र बस्ने उचित वाससंगै बिजुली पानीसमेत नपाएको गुनासो गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ