arrow

नग्न बाँच्नु पनि एक तरिकाः नग्न पर्यटकहरुलाई मात्र आर्ट ग्यालरी हेर्ने मौका

logo
प्रकाशित २०७५ जेठ ८ मंगलबार
nude-galary.jpg

काठमाडौं । फ्रान्सको राजधानी सहर पेरिसमा पहिलोपटक आर्ट म्युजियम नग्न पर्यटनहरुका लागि खुला गरिएको छ । प्यालिस डे टोक्यो आर्ट म्युजियम गत शनिबार प्रकृति समर्थकहरुका लागि एक घण्टाका लागि खुला गरिएको हो । समाचारमा बताइएअनुसार उक्त म्युजियम एक सय ६० जना मानिसहरुले नग्न अवस्थामा हेरेका थिए । 

पछिल्लो केही समययता विश्वभरका कलाप्रेमीहरुले नग्न क्षेत्र बनाउनका लागि प्रदर्शन गर्दै आएका छन् । पेरिसमा रहेको सो आर्ट म्युजियममा पनि यसै किसिमको व्यवस्था गर्नको लागि पहल गरिएको थियो । गएको वर्ष बोस द विन्सेस पार्क पनि नग्न पर्यटकहरुका लागि खुला गरिएको थियो । यस वर्ष त्यसैअनुसार नग्न पर्यटकहरुका लागि पेरिसमा खुला गरिएको हो । 

यस सम्मेलनको विषयमापेरिस नेचुरिस्ट आसोसिएसनको कम्युनिकेसन निर्देशन जुलियट क्लाउड पेनिगरीले प्रकृतिप्रेमीहरुका लागि नग्न भएर बाँच्नु पनि एक तरिका रहेको कारण यस किसिमको आर्ट म्युजियम खोलिएको बताए । यो आफ्नो संस्कृतिको हिस्सा पनि रहेको उनले बताए । यस्तो कार्य हुनु आफ्नो लागि एक विशेष अवसर जस्तो रहेको पनि उनले बताए । 

।पछिल्लो समय समाज पनि बिस्तारै सोही हिसाबमा अघि बढिरहेको पेनिगरीले बताए । उनले भने, “नग्न अवस्थालाई लिएर सामाजिक बन्धन बिस्तारै कम हुँदै गइरहेका छन् ।” विभिन्न किसिमको विवरणहरुमा फ्रान्समा नग्न अवस्थाको समर्थक २६ लाख रहेका छन् । जसमा ८८ हजारभन्दा बढी मानिसहरु यो एसोसिएसनमा जोडिएका छन् । यसअघि भियन्नामा पनि यस किसिमको म्युजियम खोलिएको थियो । अष्ट्रियाको एक अर्को म्युजियममा पनि यस किसिमको प्रयोग भइसकेको छ । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ