arrow

समता स्कुल अनुमति विनै संचालन ? 

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
school_new.png

बाजुरा । बाजुरामा संचालन भएको समता विद्यालयमा अध्ययनरत बालबालिकाहरु  र अध्यापन गराउने शिक्षकहरु नै दोधरामा परेका छन् । स्कुलले जिल्ला शिक्षा कार्यालय बाजुरा र बडीमालिकिा नगरपालिकाको अनुमति विना नै संचालन गर्न थालेको थाहा पाएपछि बालबालिका भविष्यमा नै खेलबाड हुने डर भएको एक शिक्षिकाले बताइन् ।

अनुमति लिएको भन्दै शिक्षक आवश्यकताको विज्ञापन गरी लिखित र मौखिकमा उत्र्तिण भएका शिक्षकहरु बालबालिकाको भविष्य बिग्रने भन्ने डरमा रहेको शिक्षिका ललिता विष्टले बताइन् । 

अनुमति नलिएर हाल दुई सय बढी विद्यार्थी बालबालिकाहरु अध्ययन गर्दै आइरहेका छन् । अनुमति नलिएरै गैर कानुनी रुपमा स्कुल संचालन गरेर बालबालिकाको भविष्य नै बरबाद हुने होकी भन्ने चिन्ता अभिभावकमा रहेको छ । 

समता स्कुलले विद्यार्थी भर्ना शुल्क एक सय ५० मात्र भनिएको भएपनि बालबालिका भर्ना गर्दा एक हजार  रुपैयाँ शुल्क  लिने गरेको अभिभावक गगन अयडीले बताए ।

तत्कालिन जिल्ला शिक्षा कार्यालय बाजुरा र बडीमालिका नगरपालिकासंग अनुमती विनै विद्यालय संचालन गरी पढाई सुरु गरेको छ । गएको पुस महिनामा अनुमती पत्र लिनका लागि आवश्यक कागजात जिल्ला शिक्षा कार्यालयमा पेस गर्नुपर्ने प्रावधान भए पनि विना जानकारी कानुन विपरित विद्यालय खोली विद्यार्थी भर्ना गरेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय बाजुराले जनाएको । 

अनुमति नलिएर पढाई संचालन गर्न थालेको समता विद्यालयको बारेमा भने नगरपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको कुनै चासो नदेखाएको निजी आवासिय विद्यालय जिल्ला कार्य समिति बाजुराले आपत्ती जनाएको छ । 

अनुमति विना नै विद्यालय संचालन गर्नु गैर कानुनी भएको भएपनि सम्वन्धित निकायको ध्यान नगएको निजी आवासिय विद्यालयका अध्यक्ष लालकेशर पाण्डेले बताउनु भएको छ । 

अनुमति नलिएर स्कुल संचालन गर्नु गैर कानुनी भएकाले तत्काल भर्ना भएका विद्यार्थीको शुल्क फिर्ता गर्न परिपत्र गर्ने शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाजुराका इकाई विद्यालय निरिक्षक विविराज सोतीले बताए । 

उनले कानुन विपरित स्कुल खोल्ने कसैलाई अधिकार नभएकाले यदी स्कुल खोलिएमा शिक्षा ऐन अनुसार कारबाही गर्ने सोतीले बताए ।

बडीमालिका नगरपालिकाले २०६८ कोे जनगणना अनुसार नगरपालिका भित्र १७ हजार २०२ जनसंख्या बसोबास गर्दे आएका छन् । उक्त जनसंख्याका लागि शिक्षामा पहुँच पुर्याउनका लागि २५ सामुदायिक विद्यालय र ३ निजी विद्यालय नै प्रर्याप्त भएकाले यस भन्दा पछि कसैलाई पनि विद्यालय खोल्न अनुमति दिन नसकिने नगर प्रमुख पदम बडुवालले बताए ।

समता स्कुल संचालक समितिले भने तत्कालिन जिल्ला शिक्षा कार्यालय बाजुरा र बडीमालिका नगरपालिकाले अनुमति नदिए पनि केन्द्रबाटै अनुमति लिएर स्कुल संचालन गर्ने जिकिर गरेको छ । 

गैर कानुनी नभई सरकारले नै अनुमति दिएको विद्यालयलाई स्थानीय तहका निकायसंग अनुमति नलिएरै विद्यालय संचालन गर्न मिल्ने समितिको भनाई रहेको छ । हाल समता स्कुल बडीमालिका नगरपालिका–८ मा रहेको राखिएको छ । 

नगरपालिकाको वडा नं ८ मा स्कुल संचालन गरेको भएपनि वडा नं.९ को सिफारिस केही दिन अघि मात्र नगरपालिकामा अनुमतिका लागि पत्र पठाएको बडीमालिका नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्दले जानकारी दिन भएको छ । 

गएको माघ महिनाको डेट राखेर बैशाख  महिनामा फायल कार्यालयमा पेस गरेको बताइएको छ । गैर कानुनी रुपमा विद्यालय संचालन गर्दा पनि स्थानीय प्रशासन र बडीमालिका नगरपालिका मौन रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ