arrow

पाँचथर उद्योग वाणिज्य संघमा काँग्रेस समर्थित नेपाल विजयी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ जेठ ९ बुधबार
deepak_nepal-fncci-panchthar.jpg

पाँचथर। उद्योग वाणिज्य संघ पाँचथरको ११ औ अधिवेशनबाट नेपाली काँग्रेस समर्थित लोकतान्त्रिक प्यानलका दिपक नेपाल विजयी बनेका छन्। बुधवार बिहान सम्पन्न पदाधिकारी तर्फको मतगणनामा उनका प्रतिस्पर्धी बामगठवन्धन लगायत संयुक्त प्यानलका तुलसीदास श्रेष्ठलाई १ सय ३३ मत अन्तरले पराजित गर्दे नेपाल विजयी भएका हुन्। 

नेपालले ८ सय ५० मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी श्रेष्ठले ७ सय १७ मत प्राप्त गरेका थिए। यस्तै उपाध्यक्षहरुमा यामनाथ काफले, प्रयागराज सुवेदी, तिलविक्रम नेम्बाङ्ग, राजु न्यौपाने विजयी बने। नेम्बााङ्ग र न्यौपाने नेपाल प्यानलका हुने भने काफले र सुवेदी श्रेष्ठ प्यानलका हुन्।

त्यसैगरी महासचिवमा नेपाल पक्षका उमानाथ अधिकारीलाई हराउँदै श्रेष्ठ पक्षका नवराज घिमिरे विजयी बने भने सचिव र कोषाध्यक्षमा श्रेष्ठ प्यानलका क्रमश नविनकिशोर घिमिरे र चन्द्रप्रकाश काफलेलाई हराउँदै नेपाल पक्षका कमल बाँस्कोटा र बिमला हाङ्गसुरुम्बा विजयी बने। 

यस्तै सदस्यहरुको भने मतगणना जारी रहेको निर्वाचन समितीले जनाएको छ। मंगलबार बिहान ९ बजेबाट शुरु भएको मतगणना आज बिहान ४ बजेतिर मात्रै पदाधिकारी तर्फको मतगणना सकिएको हो। कुल १ हजार ८ सय ३६ मतदाता रहेकोमा १ हजार ६ सय २६ मत खसेको थियो । गत शनिबारबाट उद्योग वाणिज्य संघको अधिवेशन शुरु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ