arrow

कांग्रेस बागलुङमा संस्थापनको बर्चस्व, को केमा भए निर्वाचित ?

संस्थापन २०, देउवा पक्ष १६

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
congress.jpg.jpeg.jpeg
बागलुङ। नयाँ नेतृत्व चयन गर्दे नेपाली काँग्रेस बागलुङका तीन वटै निर्वाचन क्षेत्रको परिणाम शनिबार राती सार्वजनिक भएको छ। क्षेत्रीय समिति तथा आसन्न महाधिवेसनका लागि मतदान गर्न महाधिवेसन प्रतिनिधि छनौट गर्न भएको क्षेत्रीय अधिवेशनबाट यस पटक थुपै्र युवा अनुहार नेतृत्वमा आएका छन्। काँग्रेसको क्षेत्रीय सभापति देखि महाधिवेसन प्रतिनिधिसम्म युवाहरुको सहभागिता बढेको छ।
 
बागलुङ क्षेत्र नम्बर १ र ३ मा ३५ वर्ष  नकटेका युवाहरुले क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन्। क्षेत्र नम्बर २ र ३ बाट थुप्रै नेविसंघ र तरुणदलका नेताहरुले महाधिवेसन प्रतिनिधिको निर्वाचनमा विजय प्राप्त गरेका छन्। क्षेत्रीय समितिका अधिकाँश सदस्यहरु पनि युवा निर्वाचित भएका छन्। नेपाली काँग्रेसमा युवा पुस्ताले पार्टीमा सही भूमिका नपाएको भन्ने बहस चलिरहँदा यस पटकको अधिवेसनले युवाहरुलाई नेतृत्वमा स्थापित गर्ने कार्यको सुरुवात समेत गरेको छ। 
 
अधिवेशनमा बागलुङमा संस्थापन पक्ष बलियो देखिएको छ। क्षेत्र नं १मा सभापति संस्थापनबाट देउवा पक्षमा गइ चुनाब लडेका विजयी भएका छन्। क्षेत्र नं १मा देउवा पक्ष ९ संस्थापन पक्षका ३ जना निर्वाचित भएका छन्। संस्थापन पक्षका कांग्रेस सभापति समेत रहेका सांसद प्रकाश शर्मा पौडेल रहेको क्षेत्र नं २— संस्थापनले देउवालाइ बडारेको छ। सो क्षेत्रमा संस्थापनका ११ र देउवा पक्षका १ रहेका छन्। क्षेत्र नं ३मा संस्थापन पक्षका ६ र देउवा पक्षका ६ जना विजयी भएका छन्। बागलुङमा  महाधिवेशन प्रतिनीधि तीन क्षेत्रबाट ३६ मध्ये  २० जना संस्थापन र १६ जना देउवा पक्षका रहेका छन्।
 
नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेसनले चिरञ्जीवी गौतमलाई क्षेत्रीय सभापति चुनेको छ। शनिबार भएको मतदानमा प्रतिस्पर्धी वसन्तकुमार श्रेष्ठलाई १ मत अन्तरले पराजित गर्दै गौतम क्षेत्रीय सभापतिमा विजयी भएका हुन्। सभापति गौतमले १ सय २७ मत र श्रेष्ठले १ सय २६ मत प्राप्त गरेका छन्। सचिवमा तंग्रामका केशरबहादुर थापा विजयी भएका छन्। थापाले भकुण्डेका भोजराज शर्मालाई पराजित गरेका हुन्। थापाले १ सय ५२ र शर्माले ८७ मत प्राप्त गरेका छन्। काषाध्यक्षमा किरण थापा निर्विरोध निर्वाचित भएका थिए। महाधिवेसन प्रतिनिधिहरुमा दिपेन्द्रबहादुर थापा, मणिभद्र शर्मा कँडेल, होमबहादुर हमाल, जगदिशचन्द्र उपाध्याय, अमबहादुर कार्की र जगन्नाथ आचार्य विजयी भएका छन्। थापाले २२१, शर्माले २१३, हमालले २११, उपाध्यायको १८३, कार्कीले १७४ र आचार्यले १६२ मत पाएका छन्।
 
महाधिवेसन खुला तर्फ ६ पदका लागि १४ जनाबीच प्रतिस्पर्धा भएको थियो। त्यस्तै महिला प्रतिनिधितर्फ सांसद चम्पादेवी खड्का र पार्वती आचार्य, दलितर्फ कोपिला बोहोरा, जनजातितर्फ कृष्ण शंकरण श्रेष्ठ र अल्पसंख्यकतर्फ यामबहादुर श्रीस निर्वाचित भएका छन्। यस्तै क्षेत्रीय सदस्यहरुमा कुल घर्ती, कृष्णहरि ढकाल, जयबहादुर क्षेत्री, तेजबहादुर कुँवर सन्तोष, प्रकाश राना, भुवानन्द गैरे, योगशबहादुर भण्डारी, राजु केसी र शिवप्रसाद कँडेल विजयी भएको निर्वाचन अधिकृत रामजी सुवेदीले बताए। 
 
यसैबीच नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनबाट महासमिति सदस्यमा पार्टी सभापति र सांसद समेत रहेका प्रकाश शर्मा पौडेल, किरण पौडेल, नवराज पौडेल, भीम श्रीस र कल्पना हमाल पाठक निर्वाचित भएका छन्। त्यस्तै महाधिवेसन प्रतिनिधीहरुमा गणेश सापकोटा, हरिहर शर्मा, डिल्लीराम सुवेदी, सागर परियार, मञ्जु शर्मा चालिसे, उमाकान्त शर्मा निर्वाचित भएका छन्। शुक्रबारबाट शुरु भएको क्षेत्रीय अधिवेसनमा सहमतीको प्रयास असफल भएपछि शनिबार मतदान भएको थियो।
 
शनिबार सम्पन्न मतदानबाट बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा नारायण शर्मा पौडेल विजयी भएका छन्। पौडेलले प्रतिद्वण्दी खुमराज पराजुलीलाई पराजीत गरेका हुन्। पौडेलले १ सय ३१ र पराजुलीले ८३ मत प्राप्त गरेका थिए। त्यस्तै क्षेत्रीय सचिवमा विष्णु आचार्य विजयी भएका छन्। आचार्यले १ सय ५५ र उनका प्रतिस्पर्धी आनन्द अम्माइले ५५ मत प्राप्त गरेका थिए। 
 
कोषाध्यक्षमा विजय अधिकारी सवसम्मत चयन भएका थिए। त्यस्तै क्षेत्रीय सदस्यहरुमा पनि विकास पौडेल, प्रभाकर पौडेल, राम बहादुर क्षेत्री, गोविन्दबहादुर पौडेल, गोविन्द बहादुर बर्मा, डिल्लीप्रसाद शर्मा,  अम्बिका सापकोटा, भगवती सापकोटा निर्विरोध चयन भएका थिए। 
 
त्यस्तै नेपाली काँग्रेस क्षेत्र नम्बर ३ मा दोर्ण कुँवर विजयी भएका छन्। कुँवर दिलेन्द्र 
राम्जालीलाई पराजित गर्दै क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्। खुला महाधिवेसन प्रतिनिधितर्फ पूर्व सभासद नरबहादुर पुन (निरज), जीत शेरचन, धीरप्रताप सिँह, सिँहबहादुर राना, कृष्णबहादुर केसी, टेकराज पौडेल निर्वाचित भएका छन्।
 
त्यस्तै महिलाबाट सांसद ज्ञानकुमारी छन्त्याल र रेणुका काउचा, अल्पसंख्यकमा सागर छन्त्याल, दलितमा यामु पौवी, जनजातिमा तुलासिँह घर्ती मगर विजयी बनेका छन्। तीनै क्षेत्रको प्राप्त परिणामले जिल्ला अधिवेशनमा निकै कस्सा कस्सी हुने निश्चित छ। क्षेत्रीय समिति र महाधिवेसन प्रतिनिधिमा युवाहरुको सहभागिता ह्वात्तै बढेको छ। क्षेत्र नं ३को क्षेत्रीयसचिबमा तिलक घर्ती, सचिवमा तीलक घर्ती र कोषाध्यक्षमा बिष्णुकुमारी थापाले जितेका छन्।
 
सदस्यतर्फ शंकर पुन, जुनु मल्ल, जीवन भट्टचन, तुलसी नेपाली, रेशम मल्ल, नरजंग घर्ति, होसियार सिंह र असारी विक निर्विरोध भए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ