arrow

काँग्रेसका ६ सय मतपत्र लुटियो

logo
गणेश खनाल।
प्रकाशित २०७२ माघ २४ आइतबार
13th-congress.png.png.png
रुकुम। रुकुममा नेपाली काँग्रेसको क्षेत्रिय अधिबेशनमा आइतवार हुन लागेको निर्बाचनका लागि तयार गरिएको मतपत्र देउवापक्षले अफसेट प्रेसबाट लुटेको छ। देउवापक्षका नेता नन्दबहादुर विष्ट र टेकबहादुर कुसारीको नेतृत्वमा आएको एकदर्जन कार्यकर्ताको समूहले राप्ती अफसेट प्रेसबाट छापिदै गरेको ६ सय थान मतपत्र लुटेर लगेको हो। उनीहरुले निर्बाचनमा भाग नलिने जनाएका छन्।
 
देउवा पक्षका नेताहरुले पटक पटक मतपत्र नछाप्न भन्दै टेलिफोन गरेको अफसेटका कर्मचारीहरुले बताए। देउवापक्षले मतपत्र छाप्न अबरोध गरेपछि प्रहरीको सुरक्षामा मतपत्र छापिरहेको उनले जनाए। 
 
क्षेत्र नं. १ मा क्षेत्रिय सभापतिका लागि सुरतजंग मल्ल र लालबहादुर महत प्रतिस्पर्धामा छन्। मल्ल कोइराला पक्षका र महत देउवापक्षिय हुन। क्षेत्र नं. १ बाट महाधिबेशन प्रतिनिधीका लागि २३ जना प्रतिस्पर्धामा छन्। क्षेत्र नं २ मा क्षेत्रिय सभापति पदमा धिरेन्द्र वटाला र ताराप्रसाद ओलीले उम्मेद्वारी दिएका छन्। उनीहरुमध्ये वटाला कोइराला पक्ष र ओली देउवा पक्षका हुन। क्षेत्र नं २ बाट २० जना महाधिबेशन प्रतिनिधिका लागि प्रतिस्पर्धामा छन्। ओली सामुदायिक विद्यालयका शिक्षकसमेत हुन्। 
 
देउवा पक्षीय नेता नन्दबहादुर विष्टले महाधिबेशन प्रतिनिधी गोरख चन्दको उम्मेद्वारी दर्ता निर्बाचन कार्यतालिका अनुसार नगरिएको आरोप लगाए। छापिदै गरेको करिब ६ सयप्रति मतपत्र उनीहरुले केहि समय कव्जामा लिएपछि प्रहरीको सुरक्षामा मतपत्र छाप्ने काम भैरहेको छ। 
 
संस्थापन पक्षले भने प्रक्रियासंगत उम्मेद्वारी दर्ता भएको जनाएको छ। कोइरालापक्षिय नेता प्रेमप्रकाश ओलीले देउवा पक्षले धाधली गर्न खोजेको आरोप लगाए । जिल्ला निर्वाचन अधिकृत प्रविण लम्सालले मतदान केहिसमयभित्रै शुरु हुने जानकारी दिए। 



नयाँ