arrow

सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत –भट्टराई 

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौँ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा आगामी आर्थिक वर्ष २०७५-७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । 

यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै जनप्रनिधिमूलक संस्थाको नेतृत्वको आफ्नो मर्यादा हुने बताए ।

गरिबी र बेरोजगारीको दुश्चक्रबाट हटाउने, बेरोजगारीको अन्त्य, आगामी पाँच वर्षमा प्रतिव्यक्ति आयात दोब्बर बनाउने, पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्नेजस्ता विषय सकारात्मक रहेको उनको भनाइ छ । 

पूर्वाधार निर्माणको विषय सरकारको नीति तथा कार्यक्रमले समेटेको भन्दै नयाँ शक्ति नेपालका संयोजकसमेत रहेका डा भट्टराईले उक्त कार्यक्रम कसरी पूरा गर्ने भन्ने विषयमा प्रष्टताको जरुरी रहेको उल्लेख गरे ।

सपना ठूला देखाएर पूरा भएन भने त्यसले जनतामा निराशा उत्पन्न हुने भन्दै उनले कृषि, पर्यटन, ऊर्जा, शहरी विकासजस्ता विषयलाई प्रमुख प्राथमिकतामा राखेर समयसीमा तय गरेर जान सरकारलाई सुझाव दिए ।

उनले लक्ष्य प्राप्त गर्ने सैद्धान्तिक आधार पनि प्रष्ट हुनुपर्ने, साधन तथा स्रोत कसरी जुटाउने हो भन्नेबारेमा थप प्रष्टताको जरुरी रहेको उल्लेख गरे ।

उनले राष्ट्रिय हित अनुकूल हुने गरी वैदेशिक लगानी भित्र्याउनुपर्ने, शिक्षामा सहज लगानी, लगानीमैत्री वातावरण बनाउनुपर्ने, कर्मचारीतन्त्रमा सुधार गर्नुपर्ने, कार्यक्षमताका आधारमा काम गराउने वातावरण बनाउनुपर्ने बताए ।

संघीयताका विषयमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही अस्पष्टता रहेको भन्दै त्यसलाई सुधार गर्न माग गरे ।

सांसद विशाल भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तय गर्नुपर्ने आधार तयार पार्नुपर्नेमा जोड दिए ।

यस्तै सांसद यज्ञराज सुनुवारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रभावकारी रहेको, भौतिक पूर्वाधारको क्षेत्रलाई जोड दिएको, शिक्षा र स्वास्थ्यमा रहेका व्यापारीकरणको अन्त्यका लागि गरेको प्रयास प्रशंसनीय रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ