arrow

काठमाडौ जिल्ला सभापतिमा भीमसेनदासको उम्मेदवारी

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
bhim-sen-dash-pradhan1.jpg.jpeg
काठमाडौ। नेपाली काग्रेस काठमाडौका बर्तमान सभापति भीमसेन दास प्रधानले पुनः उम्मेदवारी घोषणा गरेका छन। राजधानीमा आयोजीत पत्रकार सम्मेलन गरेर प्रधानले सोमबार हुने जिल्ला अधिवेशनमा पुनः सभापति घोषणा गरेका हुन । 
 
उनले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोचमा रहे पनि कार्यकर्ताहरुको आग्रहमा पुनः आफूले उम्मेदवारी घोषणा गर्नु परेको बताए । उनले भने,‘ म केन्द्रीय सदस्यमा गएर यूवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न चाहन्थे तर साथीहरुले एक पटकलाई नेतृत्व गर्न आग्रह गरेकोले उम्मेदवारी दिन बाध्य भए।’
 
प्रधानले आउँदो स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचनलाई लक्षित गरेर आफूले उम्मेदवारी दिएको भन्दै पार्टीलाई अबको निर्वाचनमा पार्टीलाई अझै शसक्त बनाउने प्रतिबद्धता ब्यक्त गरे। 
 
उनले १२ औ महाधिवेशनमा जस्तो केन्द्रीय सभापतिहरुको चुनाव क्याम्पेन अलग अलग काठमाडौमा गर्न नदिने बताउँदै काठमाडौ जिल्लाले नै सबै सभापतिका उम्मेदवारलाई एकै ठाँउमा राखेर आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्ने बातावरण बनाउने बताए । 
 
प्रधानले भने,‘ काग्रेसमा अहिलेसम्म एजेण्डा प्रधान निर्वाचन हुन सकेको छैन । केवल ब्यक्ति प्रधान निर्वाचन भयो । यसपटक म काठमाडौमा त्यस्तो हुन दिन्न । अलग अलग चुनाव प्रचार गर्न दिन्न । सभापतिका उम्मेदवारहरुलाई एकै ठाँउमा राखेर एजेण्डा प्रस्तुत गर्न लगाउँछु ।’
 
काग्रेस काठमाडौ जिल्ला अधिवेशन सोमबार विहान नौ बजे प्रज्ञा भवन कमलादीमा पार्टी सभापति सुशील कोइरालाले गर्ने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ