arrow

बाल अधिकारको सवालमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्नु पर्नेमा जोड

logo
सरिता तिम्सिना पगेनी,
प्रकाशित २०७५ जेठ १० बिहिबार
talim.jpg

पोखरा । बाल अधिकारको सवालमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्नु पर्नेमा जोड दिइएको छ । बुधबार पोखरामा बाल संरक्षण तथा घटना ब्यबस्थापन सम्बन्धि तालिमका  सहभागीहरुले सो कुरामा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बालबालिकाहरु कुनै पनि ब्यक्तिबाट कुनै पनि समयमा दुर्व्यवहारमा पर्न सक्ने हुँदा सबैलाई सचेत हुन आग्रह  गरे । उनले बालबालिकाको क्षेत्र अति सम्बेदनशील क्षेत्र भएको उल्लेख गर्दे बिभिन्न बाहानामा बालबालिकाहरु जेखिममा पर्ने गरेको बताए ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख ओम बहादुर रानाले बालबालिका को सवालमा  कास्की प्रहरीले सम्बेदनशील भएर काम गर्ने बताए । कास्कीका  प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले बालबालिकालाइ बालमैत्रि ब्यबाहार गरिनु पर्ने बताइन । गैह्र सराकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदमराज पहारीले बाल अधिकार सबैको सरोकारको बिषय भएको बताउदै गैह्र सरकारी संस्था बालबालिका प्रति अत्यन्तै संबेदनशिल रहेको बताए ।

बिभिन्न क्षेत्रका ४० जनाको सहभागिता रहको तालिममा अनाथ बालबालिका ,अलपत्र अबस्थामा फेला परेका ,बाबुआमा बाट अलग्गीएका ,बाबाआमा पत्ता नलागि बेवारसि अबस्थाका बालाबालिकाको संरक्षणमा घटना ब्यबस्थापनको प्रकृयाबाट बाल बालिकाको संरक्षण गर्ने  प्रकृयाको बिषयमा सहजिकरण गरिएको बाल अधिकार श्रोत ब्यत्ति बद्रिप्रसाद वाग्लेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ