arrow

प्रदेश १ को राजधानीको चर्चा बल्झियो, प्रादेशिक राजधानी र विभिन्न कार्यालय धनकुटामा स्थापना 

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
dhankuta3.jpg

धनकुटा । भौतिक पूर्वाधारले सम्पन्न भएता पनि राज्यको वेवास्थाका कारण दिन प्रतिदिन शुन्य हुँदै गएको धनकुटामा १ नम्वर प्रदेशको राजधानी बनाउन र संघिय सरकारको विभिन्न कार्यालयहरु धनकुटामा स्थापना गर्न पहल गरी दिन हुन धनकुटाका प्रदेश प्रमुख डा गोविन्द्र सुब्बा समक्ष धनकुटा बजारबासीहरुले अनुरोध गरेका छन् ।

आफ्नो गृह जिल्ला धनकुटा आएका १ नम्वर प्रदेशका प्रमुख डा गोविन्द सुब्बासंग धनकुटा बजार व्यवस्थापन समितिले भेटघाट  छलफलत तथा अन्र्तक्रिया गरी अनुरोध पत्र बुझाउदै धनकुटा अहिले अन्यायमा परेकाले १ नम्वर प्रदेशको राजधानी धनकुटामा बनाउन र संघिय सरकारका कार्यालयहरु धनकुटामा राख्न पहल गरिदिन अनुरोध गरिएको हो  ।

सो अवसरमा १ नम्वर प्रदेशका प्रमुख डा सुब्बालाई धनकुटा बजार ब्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठ, निर्वतमान अध्यक्ष रिदम श्रेष्ठ, सल्लाहकारहरु विजय सन्तोषी राई, जयन्द्र प्रधान, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, निर्वतमान अध्यक्ष खगेन्द्र घिमिरे, धनकुटा बजार ब्यवस्थापन समितिका सदस्य दिनेश श्रेष्ठ लगायतले धनकुटाको भौतिक संरचनाहरुलाई भुतबंगलामा परिणत हुन नदिई धनकुटालाई बचाउन  १ नम्वर प्रदेशको राजधानी र संघिय सरकारका विभिन्न कार्यालयहरु स्थापना गर्न पहल गरिदिन अनुरोध गर्दै पत्र बझाएका छन् । 

सो अवसरमा १ नम्वर प्रदेशका प्रमुख डा गोविन्द्र सुब्बाले धनकुटाको विकास र समृद्धीको लागी आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।

धनकुटा बजार ब्यवस्थापन समितिले प्रदेश प्रमुखलाई अनुरोध गरी बुझाएको पत्रमा १ नम्वर प्रदेशको राजधानी धनकुटा बनाउन पहल गरिदिनका साथै संघिय सरकार अन्र्तगत पूर्वी पहाडी जिल्लाहरुका लागी यातायत, आन्तरिक राजश्व कार्यालय, श्रम, पर्यटन, लोकसेवा, शिक्षाको पर्यटन बोर्ड, स्वास्थ्य लगायतका विभिन्न कार्यालयहरु धनकुटामा स्थापना गर्न पहल गरीदिन हुन उल्लेख गरिएको धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लब श्रेष्ठले बताए ।

कार्यक्रम धनकुटा बजार ब्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ