arrow

सांसदहरुको हाटाप्रति सभामुखले गराए ध्यानाकर्षण

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
mahara4.JPG

काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसदमा प्रयोग भएका केही शब्दहरुका बारेमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले संसदमा गत सोमबार राष्ट्रपतिद्धारा सम्वोधनमा अनुचित शब्द प्रयोग गरिएको विषयमा प्रतिपक्षी दलका सांसदहरुले जनाएको विरोधमा ध्यानाकर्षण भएको जनाएका हुन् । 

उनले सांसदहरुको उपस्थितिको विषयलाई लिएर ध्यानाकर्षण गराएका छन् । बिहिबारमात्र संसदमा २२२ जनाले हाजिर गरेको तर ५५ जनामात्र संसद बैठकमा सहभागी भएपछि सांसदहरुको आलोचना भएको छ । सांसदहरु हाजिर गर्ने अनि टाप कस्ने (हाटा सिद्धान्त) गर्न थालेपछि उनीहरुको आलोचना भइरहेको हो । 

त्यसैगरी बैठक समयमा हुन नसकेको प्रति सरकार र मन्त्रीहरुको उनले ध्यानाकर्षण गराएका छन् । उनले मन्त्रीहरुलाई समयमा उपस्थित हुन आग्रह गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ