arrow

चौथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन पोखरामा हुने

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
jyotish.jpg

पोखरा । चौथो दक्षिण  एसियाली ज्योतिष तथा वास्तु सम्मेलन  पोखरामा हुने भएको छ ।  यहि जेठ १२ र १३ गते  पोखरामा हुने सम्मेलनमा नेपाल लगायत श्रीलंका ,भुटान ,थाईल्याण्ड ,मलेसिया ,बंगालादेश ,बेलायत ,कोरिया ,हङकङ ,ईण्डोनेसियाबाट प्रतिनिधिहरु सहभागि हुनेछन ।

ज्योतिष तथा वास्तुको क्षेत्रलाई अन्तराष्ट्रिय समुदायमा परिचित गराउने उदेश्यले आयोजना गर्न लागिएको सम्मेलनमा ज्योतिषीहरुले पालना गर्नुपर्ने आचारसहिंता बारे छलफल हुने छ। दक्षिण एसियाको सबै ज्योतिषहरुको समर्थनमा संहिताको प्रारुप तयार गरि सबै राष्ट्रसँग आ—आफ्नो मुलुकमा पहल गर्ने  कार्यक्रम रहेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाईएको छ ।

ज्योतिष ,वास्तु ,तन्त्र ,पूवीर्य दर्शनका विभिन्न क्षेत्रमा क्रियाशिल लब्ध प्रतिष्ठित व्यतित्वहरुलाई अभिनन्दन ,सम्मान तथा विषयगत छलफल सहितको कार्यक्रमम रहेको बताईएको छ ।

शनिबार र आईतबार हुने एसियाली सम्मेलनमा देश तथा विदेशबाट झण्डै ७ सय भन्दा बढीको संख्यामा सहभागिता रहने  आयोजक समितिका अध्यक्ष डा. सहदेव विष्टले जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ