arrow

बालकृष्ण समको ११४औँ जन्मजयन्ती मनाइयो

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
balkrishna.jpg.jpeg
काठमाडौँ । साहित्य, सङ्गीत र कला क्षेत्रका वरिष्ठ साधक बालकृष्ण समको उचित मूल्याङ्कन र सम्मान हुन नसकेको आज यहाँ आयोजित कार्यक्रममा औँल्याइयो । विशिष्ट प्रतिभा समको ११४औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल शिक्षा परिषद्ले आयोजना गरेको संयुक्त कार्यक्रममा सहभागी वक्ताहरुले भने, “दुई दर्जन नाटकका सर्जक सम निबन्धकार, कलाकार, छायाकार, चित्रकार तथा अभिनेता हुनुहुन्थ्यो ।” 
 
राष्ट्रकवि माधव घिमिरेले समले नाटक क्षेत्रमा मात्र नभई साहित्य र दर्शनको क्षेत्रमा दिनुभएको योगदान गौरवपूर्ण रहेको टिप्पणी गर्नुभयो । उहाँले सरकारी निकायमा अझै भाषासम्बन्धी कुनै ठोस नीति तथा नियम नभएकाले शुद्ध नेपाली भाषाको प्रयोग चुनौतीपूर्ण रहेको बताउनुभयो । 
 
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले विशिष्ट प्रतिभाको जन्मजयन्ती मनाउने, उनीहरुको कृतिको मूल्याङ्कन गर्ने गतिविधि गर्दै आएको बताउनुभयो । पूर्व कुलपति बैरागी काइँलाले मरेपछि साहित्यकार अस्तित्व उनको कृति भेटिने बताउनुभयो । 
 
नेपाल नाट्य सङ्गीत प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्तले बहुमुखी प्रतिभाको धनी समको राज्यबाट यथेष्ट सम्मान हुन नसकेको बताउनुभयो । मदन पुरस्कार गुठीका अध्यक्ष मदनमणि दीक्षितले सम बहुमुखी प्रतिभाका धनी हुन् भन्नुभयो । नेपाली शिक्षा परिषद्का सदस्यसचिव रमा शर्माले साहित्य, सङ्गीत, कला क्षेत्रका वरिष्ठ साधक समले नेपाली भाषामा स्थायी भाषिक नियम बनाउनुभएको बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ