arrow

सरकारले अन्तरिक्ष जाने बाटो छुटाएको हो कि ? : प्रकाशमान

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
prakashman1.JPG

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पुर्व उपप्रधान मन्त्री प्रकाशमान सिंहले सरकारले अन्तरिक्ष जाने बाटो छुटाएको हो कि भन्ने प्रश्न गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा  सरकारको आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने ' सरकारको नीति तथा कार्यक्रममा मार्गकै कुरो गर्ने हो भने अन्तरिक्षको मार्ग बाहेक अन्य सबै मार्गको कुरा गरेको छ । अब त अन्तरिक्षको पनि राख्नु पर्ने हो कि ?  छुटेको हो कि  ? भोलि सरकारलाई यो पनि राखे हुन्छ जस्तो लाग्छ ।'  

उनले सरकारको  नीति तथा कार्यक्रम लामो भएको भन्दै भने  'यति लामो १०३ बुदाको ४३ पानाको सायद बहुमत सरकारले कुनैमा पनि रेकर्ड राख्न नसकेर यो नीति तथा कार्यक्रमको पानामै भए पनि गरौ भनेर गरेको हुनसक्छ ।'

उनले बुहमत प्राप्त सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम संतोष जनक नभएको बताए ।  

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ