arrow

बर्दियाका काँग्रेस नेताहरु मैदानमा; जिल्ला सभापति पदका लागि ५ जना आकाँक्षी

logo
यादव आचार्य।
प्रकाशित २०७२ माघ २४ आइतबार
13th-congress.png.png.png
बर्दिया। नेपाली काँग्रेस १३ औं महाधिवेशन जिल्ला कार्य समिति बर्दियाको सभापति पदका लागि जिल्लाका काँग्रेस नेताहरु रणमैदानमा उत्रने भएका छन्। सोमवार हुने नेपाली काँग्रेसको जिल्ला अधिवेशनको सभापति पदमा ५ जना आकाँक्षी देखिएपछि अधिवेशन रस्साकस्सी हुने भएको छ।
 
नेपाली काँग्रेस बर्दियाको क्षेत्रिय अधिवेशनले देउवा पक्षलाई वलियो तुल्याएको पक्षधरहरुको दावी छ। बर्दियाका ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचन तथा सर्वसम्मत प्रकृयाबाट क्षेत्रिय कार्यसमिति लगायत महाधिवेशन प्रतिनिधी चयन भएका छन् । क्षेत्रिय अधिवेशनमा ४ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर २ मा मात्र कोईराला पक्षको वहुमत आएको र क्षेत्र नम्वर १, ३ र ४ मा देउवा पक्षको वहुमत आएको छ ।
 
नेपाली काँग्रेस बर्दिया जिल्ला सभापति पदका लागि वर्तमान सभापति एवम् सभासद संजय कुमार गौतम् र वर्तमान सचिव तेजवहादुर भाट कोईराला पक्ष तर्फबाट उम्मेद्वारी दिने वुझिएको छ । त्यस्तै देउवा पक्षका विद्या खनाल, जग्गा प्रसाद पाण्डे र सोदे विष्ट पनि जिल्ला सभापति पदमा उम्मेद्वारी दिने देखिएको छ । कोईराला पक्ष र देउवा पक्षको रस्साकस्सी हुने बर्दियामा प्रष्ट छ ।
 
एउटा मात्र क्षेत्रमा वर्चस्व वनाएको संस्थापन पक्षबाट दुई जना सभापति पदको लागि अभिलाषी देखिएका छन् भने तिन वटा क्षेत्रमा वर्चस्व वनाएको देउवा पक्षबाट तिन जना सभापति पदको अभिलाषी देखिएका छन् । लड्डु कसको हातमा पर्ने हो त्यो त निर्वाचन बाट मात्र जान्न सकिने देखिएको छ । बर्दियाका ४ वटै क्षेत्रबाट गरी ५ सय १५ जना क्षेत्रीय प्रतिनिधिहरु रहेको नेपाली काँग्रेस बर्दियाले जनाएको छ । 
 
क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा गंगाधर पौडेल ५९ मत ल्याई विजयी भएका छन् । पौडेलका प्रतिद्धन्द्धी भुवनेश्वर थारुले ४५ मत प्राप्त गरे । सचिव पदमा मथुरा प्रसाद थारु, कोषाध्यक्षमा गोरख बहादुर खत्री निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधी पदमा खुल्लाबाट सोदे विष्ट, अनन्तराम थारु, रामचरण थारु, महेन्द्र तिवारी, सविन थापा र खडानन्द तिवारी निर्वाचित भएका हन् । महिला प्रतिनिधीमा जुवेदा खातुन, रत्ना थारु, जनजातीबाट लोहारी थारु, दलितबाट भगत बहादुर नेपाली र मुस्लीम अल्पसंख्यकबाट देवकी नन्दन त्रिपाठी निर्वाचित भएका छन् । 
 
बर्दिया क्षेत्र नम्बर क्षेत्र नम्बर २ मा मुक्तिनाथ यादव किट्टु ८६ मत ल्याई क्षेत्रिय सभापति पदमा विजयी भएका छन्। प्रतिद्धन्द्धी रबिन्द्र कुमार यादवले २६ मत प्राप्त गरेका छन् । त्यस्तै सचिव पदमा विरेन्द्र कुमार चौधरी र कोषाध्यक्षमा कृष्ण बहादुर गुरुङ्ग निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधीमा खुल्लाबाट सांसद एवं वर्तमान सभापती सञ्जय गौतम सहित महेन्द्र शर्मा, बिजय दत्त देवकोटा, स्थानेश्वर सिग्देल, हरी प्रसाद थारु र श्याम बहादुर थापा निर्वाचित भएका हुन् । 
 
यस्तै महिला प्रतिनिधीमा शुशिला गिरी, सावित्रा गौतम, जनजातीबाट राधेश्याम थारु, दलितबाट केशव बहादुर सुनार र मधेशी मुस्लीम अल्पसंख्यकबाट मुलचन्द यादव निर्वाचीत भए । कार्यसमिति सदस्य पदमा महिला तर्फ टीका अधिकारी र्निविरोध चयन भएकी छिन् । खुला तर्फ शुधांसु प्रकाश शर्मा, कैलाश प्रसाद अधिकारी, मिश्रीलाल यादव, खम्व वहादुर घर्ती र रामबहादुर पाण्डे निर्वाचित भएका छन् ।
 
क्षेत्र नम्बर ३ मा रामचन्द्र थापा ६० मत ल्याई क्षेत्रिय सभापति पदमा विजयी भए। उनका प्रतिद्धन्द्धी छबिलाल सापकोटाले ४२ मत र अर्का प्रतिद्धन्द्धी तिलक लम्सालले २० मत प्राप्त गरेका छन् । सचिवमा डम्बर बहादुर केसी र कोषाध्यक्षमा लिला भाट निर्वाचित भएका छन्। खुल्लाबाट महाधिवेशन प्रतिनिधीमा विद्या प्रसाद खनाल, तेज बहादुर भाट, प्रकाश रावल, जंग बहादुर मल्ल, मक्कुराम थारु र जग्गा प्रसाद पाण्डे निर्वाचित भए। जग्गा प्रसाद पाण्डे र सिताराम विष्टले बराबर मत ल्याएपछी गोला प्रथाबाट पाण्डे निर्वाचित भएका छन् । यस्तै महिला प्रतिनिधीमा मालती सोडारी, कालीका देबि विष्ट, जनजातीबाट प्रेम गुरुङ्ग, दलितबाट प्रेम बहादुर सुनार र मधेशी मुस्लीम अल्पसंख्यकबाट राजेश कुमार यादव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। 
 
बर्दिया क्षेत्र नम्बर नम्बर ४ मा दिपक जंग शाह ९२ मत ल्याई क्षेत्रिय सभापती पदमा विजयी भएका छन् भने प्रतिद्धन्द्धी रामस्वरुप थारुले ४४ मत प्राप्त गरे । यस्तै सचिव पदमा छप्पुराम चौधरी र कोषाध्यक्षमा गौरीशंकर चौधरी निर्वाचित भएका छन्। खुल्लाबाट महाधिवेशन प्रतिनिधीमा किशोर सिँह राठौर, चन्द्रध्वज जिसी, जमानसिँह केसी, भद्र बहादुर शाही, हेमलाल पाण्डे र मथुरा प्रसाद थारु निर्वाचित भएका छन् । महिला प्रतिनिधीमा हेम कुमारी चौधरी, तारा चौधरी, जनजातीबाट नाथुराम थारु, दलितबाट शशीराम बिक र मधेशी मुस्लीम अल्पसंख्यकबाट कृष्ण कुमार बर्मा निर्वाचित भएको जनाईएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ