arrow

स्वदेशी कम्पनीको औषधी प्रयोगमा ल्याउने : राज्यमन्त्री

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ १२ शनिबार
Manti_Padma_Aryal.jpg

पाल्पा । स्वास्थ्य राज्यमन्त्री पद्या अर्यालले स्वदेशी औषधी कम्पनीले उत्पादन गरेको औषधी नपुगेमा मात्र विदेशी कम्पनीका औषधी खरिद गर्ने सरकारको निति रहेको बताएकी छन ।  पाल्पा व्यापार संघको प्रथम साधारणसभा तथा अधिवेशनलाई शनिबार तानसेनमा सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री अर्यालले स्वदेशी औषधी महङ्गो भएपनि सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नको लागि यो नीती लागू गरेको बताईन ।

 विदेशी औषधी कम्पनीले सस्तो औषधीको नाममा स्वेदशी औषधी कम्पनीहरुलाई उत्पादन तथा विक्रिमा बन्देज लगाउने गरी भूमिका खेल्दै आएको राज्यमन्त्री अर्यालले बताईन । गाउँ गाउँमा स्वास्थ्य भवन निर्माणको लागि टेण्डर खोलिएका छन, तर ती स्थान टेण्डर खोलेको २ बर्ष सम्म भवनको जग सम्म पुरिएका छैनन । अधिकाश निर्माणाधिन स्वास्थ्य भवनहरु निर्माण व्यवसायीले काम नगर्दा अलपत्र परेका छन । ती निर्माण व्यवसायीहरुलाई निश्चित समय भित्र काम गर्न समय तोक्ने तयारीमा स्वास्थय मन्त्रालय लागेको बताउदै स्वास्थ्य राज्यमन्त्री अर्यालले समयसीमा भित्र स्वास्थ्य भवन निर्माण पुरा नगर्ने ठेकेदारबाट अर्को पक्षमा निर्माणको काम हस्तानतरण गर्ने तयारीमा मन्त्रालय लागेको बताईन ।

जनताको मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य सेवालाई व्यवस्थित रुपमा सञ्चालनको लागि प्रत्येक गाउँपालिकाको वडा वडामा आगामी आर्थिक बर्षभित्र आधारभूत स्वास्थ्य ईकाइ निर्माण पुरा गरी सेवा सञ्चालन गर्ने, दोस्रो चरणमा प्रत्येक गाउँपालिकाको केन्द्र केन्द्रमा एक एक वटा अस्पताल निर्माण गर्ने, तेस्रो चरण प्रदेश प्रदेशमा एकिकृत विशेषज्ञ अस्पताल सेवा सञ्चालन गर्ने गरी मन्त्रालयले निति तथा कार्यक्रम बनाएको स्वास्थ्य राज्यमन्त्री अर्यालले बताईन ।

मन्त्री अर्यालले मुलुकको प्रमुख आम्दानीको श्रोतमा रहेको रेमिट्यान्सको अधिकाशं रकम खाद्यान्नको लागि भारत, लत्ताकपडाको लागि चिन तर्फ बाहिरिएकोले, जवसम्म मुलुकमा स्वदेशी उत्पादनको प्रयोग, स्वेदेशी उद्योगहरु फष्टाउने वातावरण तयार हुँदैन तब सम्म मुलुकमा विकास र सम्बृद्धि हुन नसक्ने बताईन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ