arrow

स्मार्ट सिटीका लागि गुणस्तरी शिक्षा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ १२ शनिबार
syangja.jpg

स्याङ्जा ।  स्याङ्जाको वालिङलाई स्मार्ट सिटी बनाउन गुणस्तरीय शिक्षा आवश्यक भएको एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । वालिङ नगरपालिका वडा नं. ४ मा अवस्थित तल्लोकुमेरदुङ आधारभुत विद्यालयको ६७ औं बार्षिकोत्सव तथा चार कोठे भवन उदघाटन समारोहमा वालिङलाई स्मार्ट शहर बनाउन गुणात्मक शिक्षाको आवश्यकता रहेको बताएका हुन् ।

उक्त समारोहको उदघाटन गर्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले वालिङलाई गुणस्तरीय शिक्षा प्रदानका लागि नगरपालिकाले छिट्टै गुरुयोजना तयार गर्ने बताईन् । स्मार्ट सिटीको अवधारणा बोकेको वालिङ सबै भन्दा पहिला शिक्षालाई सुधार गर्न चाहान्छ नगर उपप्रमुख तिवारीले भनिन्,‘चेतनाको विकास भनेको शिक्षा हो, त्यसैले शिक्षाको विकास नभएसम्म कुनै विकास अगाडी बढ्न सक्दैन ।’ समुदायीक विद्यालय र संस्थागत विद्यालयलाई एकै ठाँउबाट एकै प्रकारको शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको तिवारीले बताईन् ।

सरकारले लगानी गरेका विद्यालयको शैक्षिक अवस्था खस्कनुमा शिक्षक मात्रै दोशी नभएको औल्याउदै सबै अभिभावक, शिक्षक र विद्यार्थी सगै सरोकारवाला निकायले ध्यान दिनुपर्ने धारणा तिवारीको थियो । शैक्षिक सुधारका लागि शिक्षकहरु पनि जिम्मेवार बनेर गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्दै उपप्रमुख तिवारीले स्मार्ट वालिङ बनाउन सहयोग गर्न आग्रह गरिन् । विद्यालयलाई आवश्यक पर्ने भौतिक पुर्वाधार सगै सामाजिक र आर्थिक रुपमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उपप्रमुख तिवारीले भौतिक भन्दा पनि विद्यार्थीको भविष्यमा जोड दिन शिक्षक, अभिभावक र सरोकार सबैलाई सुझाईन् ।

उदघाटन समारोहमा रणविर जनहित मावि श्रोत केन्द्रका श्रोत व्याक्ति पोतप्रसाद अर्याल, वालिङ ४ का अध्यक्ष रनध्वज गुरुङ्, नेपाल शिक्षक संघका नेता सामबहादुर गुरुङ, नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाल महिला संघ वालिङ नगर समितिका सचिव शान्ता थापा,  छिमेकी विद्यालयका प्रधानाध्यापक चिनु गुरुङ, चोलाकान्त रिजाल लगायतका बक्ताहरुले सरकारी विद्यालयमा सबैको चासो बढाउनु आवश्यक रहेको बताए ।

जिल्ला शिक्षा कार्यालय, संसद विकासकोष, साविक एलादी गाविस र स्थानीय जनश्रमदानबाट निर्माण गरिएको चार कोठे भवन २१ लाख ७५ हजारको लागतमा सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद गुरुङ्ले जानकारी दिए । विद्यालयको भौतिक पुर्वाधार देखि विद्यालयको आर्थिक गतिविधिका विषयमा गुरुङ्ले संक्षिप्त विवरण पेश गरेका थिए । विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिरणबहादुर गुरुङ्, संचालन तथा स्वागत विद्यालयका शिक्षक सत्तबहादुर गुरुङ र देउकुमारी गुरुङ्ले गरेका थिए ।  

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ