arrow

पर्वत काँग्रेसको क्षेत्रीय अधिवेशन; एकमा संस्थापन हावी, दुईमा मिश्रित नतिजा

logo
विशन क्षेत्री।
प्रकाशित २०७२ माघ २४ आइतबार
congress.jpg.jpeg.jpeg
 पर्वत। नेपाली कांग्रेस पर्वतको क्षेत्रीय अधिवेशनमा मिश्रित नतिजा आएको छ । २२ गतेबाट सुरु भएको दोश्रो चरणअन्तर्गतको क्षेत्रीय अधिवेशनमा क्षेत्र नं. एक मा संस्थापन पक्षले एकलौटीरुपमा बहुमत ल्याएको छ । क्षेत्र नं. दुई मा भने संस्थापन र देउवा पक्ष प्यानल दुवैले आंशिक सफलता हात पारेका छन् । 
संस्थापन पक्ष बलियो मानिने क्षेत्र नं. एकमा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधी दुवैमा संस्थापन पक्ष विजयी भएको छ । देउवा पक्ष र संस्थापन गरि दुई पक्षीय निर्वाचन भएतापनि देउवा पक्षबाट कार्यसमिति र महाधिवेशन प्रतिनिधी दुवैमा कोही पनि विजयी हुन सकेनन् । 
 
देउवा पक्ष बलियो मानिने क्षेत्र नं. २ मा भने कार्यसमिति र महाधिवेशन प्रतिनिधी दुवैमा मिश्रित परिणाम आएको हो । सर्वसहमतिका आधारमा कार्यसमिति चयन हुन नसकेपछि शनिबार मतदान भएको थियो । 
 
देउवा तर्फबाट क्षेत्र नं. एक बाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका गंगाधर पौडेलले देउवा पक्षका प्रतिद्वन्द्वी शंकर गुरुङ्गलाई एक सय ५१ मतान्तरले पछि पार्दै विजयी बनेका छन् । उनले कुल दुई सय १६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी शंकर गुरुङले जम्मा ५५ मत ल्याएका थिए । सचिव पदमा कमलबहादुर अधिकारीले १७४ मत, कोषाध्यक्षमा रमेशवम मल्लले १८१ मत प्राप्त गरि विजयी भएका छन् । सदस्यहरुमा जीतबहादुर पुनले १९२ कृष्णप्रसाद लामिछानेले १८३, टिकाराम सुबेदीले १४३, बलबहादुर पुनले १७०, विप्लव जंग हमालले १६६, भगवती पौडेलले १६१, विरेन्द्र रिजालले १३५ रामबहादुर थापाले १२९ र हेमन्तबहादुर मल्लले ११४ मत प्राप्त गरि सबै पदमा संस्थापन हावी भएको छ । 
 
उता क्षेत्र नं. दुईको क्षेत्रीय सभापतिमा पनि संस्थापनकै क्या. धनबहादुर थापा झिनो मतले विजयी भएका छन् । थापाले १११ मत ल्याएर पाँच मतले विजयी हुँदा देउवा पक्ष तर्फका प्रतिष्पर्धी एकनारायण न्यौपानेले १०६ मत ल्याएका थिए । सचिवमा भने देउवा पक्षका सुमन तिवारीले १६८ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा संस्थापनका गंगाप्रसाद भुषालले १६७ मत जित हासिल गरेका छन् ।
 
सदस्यहरुमा देउवा पक्षका आशोक ठकरुी २००, कृष्णप्रसाद शर्मा १६७ ल्याएर विजयी बन्दा संस्थापनका कमला शर्मा १८८, गंगादेवी चपाई १८५, धर्मदत्त भुषाल २०९, टोपबहादुर गुरुङ १६१, दुर्गादत्त तिवारी १६०, पूर्णकुमार श्रेष्ठ १६० र भिमबहादुर खड्का १५५ मत ल्याएर विजयी बनेका छन् ।
 
क्षेत्रीय कार्यसमितिमा जस्तै क्षेत्र नं. एकको महाधिवेशन प्रतिनिधीमा पनि संस्थापन पक्षले बहुमत ल्याएको छ । संस्थापनबाट खुल्लामा रामचन्द्र जोशीले २१८, यूवराज जोशीले २१२, वसन्तबहादुर सिकेले १६०, भवानीशंकर पाध्याले १५३ र लालकाजी गुरुङले १३० ल्याएर महाधिवेशन प्रतिनिधीमा चयन भएका छन् । देउवा पक्ष निकट मानिएतापनि संस्थापनबाट महाधिवेशन प्रतिनिधीमा लडेका विद्धान गुरुङले १६२ मत ल्याएका छन् । क्षेत्रीय सभापति दुर्गाबहादुर खत्री भने महाधिवेशन प्रतिनिधीमा पराजित भएका छन् । 
 
त्यस्तै, महिला तर्फ महिला तर्फ सीताकुमारी काफ्ले लामिछानेले १९६ र मिना केसीले १४०, दलिततर्फ डम्बर बहादुर विकले २२०, जनजाती तर्फ थमनबहादुर गुरुङ्गले १३५ र अपाङ्ग तर्फ रुद्रलाल उपाध्यायले १७८ मत प्राप्त गरि विजयी भएका छन् । विजयी सबै संस्थापन पक्ष निकट हुन् ।
 
क्षेत्र नं. २ मा भने महाधिवेशन प्रतिनिधीको नतिजा पनि मिश्रित नै आएको छ । महाधिवेशनमा संस्थापनबाट खुल्लामा नवराज गुरुङ्गले सर्वाधिक २१७, राजेन्द्र तिवारी १९९, खगेन्द्र तिवारी १६८ गरी तीनजा निर्वाचित भएका छन् भने बाँकी तीनजना ऋषिकेश तिवारी १६६, गंगाधर तिवारी १६१ र खिमप्रसाद भुसाल १५३ मत ल्याएर संस्थापनतर्फ बाट विजयी भएका छन्  । महिलातर्फ भने दुवै पदमा संस्थापनले कब्जा गरेको छ । मुना भुषाल १४२ ल्याउँदा संस्थापनकै राधाकुमारी कुँवर क्षेत्रीले १३८ मत ल्याएर विजयी भएकी छन् । उनीहरुले देउवा पक्षका मेघमाया गुरुङ्ग र ज्ञानु शर्मालाई पराजित गरेका हुन् ।
 
आदिवासी जनजातीमा देउवा पक्षका मोहन गुरुङ्ग विजयी बनेका छन् । उनले एक सय ७६ मत ल्याएका थिए । दलितमा भने संस्थापनका जितबहादुर सुनार शेरबहादुर एक सय ५४ मत ल्याएर विजयी भएका छन् । अल्पसंख्यक÷मुस्लिम तर्फबाट भने सनम वेगम सहारा यस अघि नै निर्विरोध निर्वाचित भईसकेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ