विरिङ खोलाको दिर्घकालिन समस्या समाधानका लागि परामर्श
सागर गौतम,
प्रकाशित २०७५ जेठ १२ शनिबार
618
Shares
झापा । मोरङ स्थित सलकपुरमा रहेको राष्ट्रपति चुरे तराई– मधेस संरक्षण विकास समिति सेक्टर कार्यालयले विरिङ नदी प्रणाली एकीकृत स्रोत व्यवस्थापन योजना प्रारम्भिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।अर्जुनधारा नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विरिङ खोलाले क्षर्ति पुर्याउने झापा र इलामका स्थानीय तहका प्रमुख सहित संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । राष्ट्रपति चुरे तराई– मधेस संरक्षण विकास समिति सेक्टर कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा सहभागि वक्ताहरुले आ– आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमका सभापति समेत रहेका अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले खोलाको क्षर्ति साझा समस्या भएकाले एकीकृत ढङ्गबाट स्थानीय तहले एकमना एकता साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने– चुरेको दिर्घकालिन समस्या समाधानका लागि केन्द्रिय सरकारले कति काम गर्ने, स्थानीय तहले कति काम गर्ने स्पष्ट्र व्यवस्था भएर आएपछि विरिङ खोलाको गुरुयोजना निर्माणको काम सहज हुने धारणा व्यक्त गरे ।
संविधान सभा सदस्य प्रेम बहादुर गिरीले चुरे क्षेत्रमा जीवन हुँदैन भन्ने कुरा निति नियम गर्ने नेतृत्वलाई अप्ठयारो पार्ने सक्ने कुरामा सजग हुनुपर्ने बताए । उनले थप अगाडि भने– मानव जीवन चराचुङ्गी, पशुपन्छी परापूर्व कालदेखि संञ्चालन भैइरहेको यो जीवन निरन्तर जान्छ । त्यसैले संघार होइन संरक्षण सहित चेतना विकास क्रम बढाउनु पर्ने बताए ।
प्रदेश सांसद बृख प्रधानले चुरे क्षेत्रमा मानव निर्मित समस्याले जाखिम बनाएको बताउँदै सबै पक्ष राजनीतिक निर्वाचन सँग जोडेर ध्यान दिदाँ मुलुक नबन्ने र भविष्यमा मरुभूमि हुने संम्भावना रहेको कुरामा सजग हुनुपर्नेमा जोड दिए । यसअघि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका नाममा थुप्रै काम भएको सुनिएपनि जथाभावी उत्खनन काम नरोकिएको बताए । गुरुयोजना बनाउँदा सरोकारवाला पक्षसँग पनि छलफल गर्नुपर्नेमा अनुरोध गरे ।
कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोख्रलले चुरे मार्गदर्शक भएको अवस्था देखिएको हुँदा डिपिआर प्रक्रियामा अघि बढाउनु अत्यन्तै राम्रो पक्ष भएको बताए । माई नदी र विरिङ खोलाको भूभागलाई समेत ध्यान दिन आग्रह गदै उनले भने चुरेको माटो बग्न नदिई व्यवस्थापनमा ध्यान ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
बाहद्धशी गाउँपालिकाका अध्यक्ष खड्क प्रसाद राजवंशीले विरिङ खोलाको धार नियन्त्रण गर्दा लाखौं बिघा जमिन निस्कने बताउँदै सुकुम्बासी समस्या अन्त्य हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले चुरेको पानीको बहाव आफ्नो क्षेत्रमा बढि भएकाले भावर क्षेत्र रिचार्जका लागि ध्यान दिनुपर्ने बताए ।
नकुल राईले मानव सहित चुरे संरक्षण संम्भव नभएको बताउँदै चुरे क्षेत्रमा डोजर लगाएर उत्खनन नगर्नु पर्ने प्रकृतिमाथि दावा नबोल्न सबैलाई आग्रह गरे ।
अर्जुनधारा नगरपालिका प्रमुख रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला भू– संरक्षणका प्रमुख हृदय कुमार झा, हलुवागढ सामुदायिक वनका अध्यक्ष चक्र तामाङ, समाजसेवी केदार पराजुली, रोङ गाउँपालिका वडा–२ का अध्यक्ष टेक बहादुर तामाङ, इकाइ कार्यालय सलकपुर निरज दाहाल, इञ्जिनियिर महेश यादव, टाङटिङ नदी नियन्त्रणका खेम काफ्ले, जुकेखाडी सामुदायिक वनका अध्यक्ष दिव्य कट्टेल, इलाका वन कार्यालय दहिझोडाका रेञ्जर कुमार कार्की, अर्जुनधारा–४, ५ र ७ का अध्यक्ष क्रमश दुर्गा प्रसाद दाहाल, ध्यान बहादुर भारती, नवीन ढुङ्गाना, योजना अधिकृत हिमराज सेडाई, बृद्धशान्ति गाउँपालिका उपाध्यक्ष उर्मीला भूर्तोल, प्रमुख प्रशासकीय अधिकृत मनोज राउत, सासेका मञ्च नेपालका मणी कुमार केरुङ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका सहजीकरण राष्ट्रपति चुरे तराई– मधेस संरक्षण विकास समिति सेक्टर कार्यालयका प्रमुख उज्जल रघुवंशीले गरेका थिए ।