arrow

नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिँदै, संसदमा संवोधन 

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
Pm-Kp-Oli-new-pose.jpeg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसद्मा संवोधन गर्दैछन् । ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नको दुवै संसदमा जवाफ दिँदैछन् । 

संघीय संसद्का दुबै सदनमा छलफलका क्रममा सांसद्हरुले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिन लागेका हुन्। प्रधानमन्त्रीको सम्बोधनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्दैछ ।

गत जेठ ७ गते सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको सरकारको नीति तथा कार्यक्रममा तीन दिनसम्म छलफल चलेको थियो। शुक्रबार सकिएको छलफलबारे आइतबार ओलीले जवाफ दिन लागेका हुन् । 

नीति तथा कार्यक्रम आइतबारै पारित गरिने छ । नीति तथा कार्यक्रममा सत्तारुढ दलका सांसद्हरुले दरिलो समर्थन गर्दा प्रतिपक्षी नेपाली काँग्रेस र सरकारलाई समर्थन गरेका राजपा र संघीय फोरमले आलोचना गरेका छन् । 

काँग्रेसले यसलाई नीति तथा कार्यक्रम नै नभएको र राजपा तथा फोरमले कार्यक्रममा संविधान संशोधनको कुरा नै नआएको भन्दै सरकारको आलोचना गरेको छ । 

प्रधानमन्त्रीको जवाफसँगै चित्त नबुझ्ने सांसद्हरुले स्पष्टीकरण सोध्ने मौका समेत पाउनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ