arrow

नक्कली शैक्षिक योग्यतामा एक चिकित्सक पक्राउ

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
doctor.gif.gif
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेका थप एक जना व्यक्तिलाई प्रहरीले आज अस्पतालबाटै पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सरकारी अस्पतालका रुपमा रहेको सगरमाथा अञ्चल अस्पताल, राजविराजमा कार्यरत चिकित्सक राजेन्द्रप्रसाद दासलाई सो आरोपमा पक्राउ गरेको हो । 
 
दासले प्रमाणपत्र तह नै उत्तीर्ण नगरी प्रमाणपत्र तहको नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गरेको भेटिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिवस लोहनीले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिलाई सप्तरीबाट काठमाडौँ ल्याइँदै गरेको र त्यसपछि थप अनुसन्धान गरिने उहाँले जानकारी दिनुभयो । 
 
यसअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक भएका १२ जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ